मरेकाे बिरालो ऊफ्रन जंगे मर्जी आवश्यक
नेप्से ओरालो लाग्ने क्रम जारी छ । प्राबिधिकरुपले केही दिनदेखि ओरालाे लागेकाे नेप्से उकालाे फर्किने अनुमान गरिएकाे छ । भनिन्छ माथिबाट खस्दा मरेको बिरालो उफ्रन्छ । प्राबिधिक मान्यता अनुरुप बजार ओरालो लाग्दै गर्दा एक चोटी भए पनि बजार माथि उक्लिन्छ भन्ने हो । तर अहिले नेप्सेको घटाई प्राकृतिक नभइ कृतिम हो । नेप्से ठूला खेलाडी लगानीकर्ताको मुठ्ठीमा रहेको हुँदा यसै हुन्छ भन्न सकिदैन । जंगे अर्थात मनु मुन्द्राहरुको के मर्जी हुन्छ, यो अर्को हप्ता बजारले देखाउने छ ।
आज नेप्से २१०० माथि उक्लन प्रयास गरेता पनि यसको नजिक पुगेर बजार फर्केको छ । करिब १२ बजे आजको उच्चतम विन्दु २०९९।४४ मा पुगे पश्चात नेप्सेको निरन्तरको ओरालो यात्रा शुरु भयो । अन्तिम समयमा नेप्से आजको न्यूनतम विन्दु २०६६।७८ मा पुगे पश्चात केहि उकालो लागेर २०७०।४१ मा बजार बन्द भयो ।
हिजोको तुलनामा नेप्से नगन्य मात्रा ३%ले भोलुम (कारोबार) घटेको छ । करिब एक अर्ब ६८ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १०मिनेटमा बिभाजन गर्दा शुरुको ३० मिनेटसम्म भोलुम निकै न्यून रहयो । यसपछिको ३० मिनेटसम्म केहि बढेको भोलुमले नेप्सेलाई उकालो ठेले पनि दिगो हुन सकेन । यपछिको भोलुमले बजारलाई निरन्तर ओरालो हिँडायो । अन्तिम १० मिनेटमा आएको तुलनात्मक उच्च भोलुमले बजारलाई थप ओरालो लाग्नबाट थेगेको छ ।
Figure 1 प्रत्येक १०मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा माथि फर्कन रोकिएको छ । मध्ये रेखा र तल्लो रेखा तल तिरै फर्केको छ । यसले बजार पुन साईडवेज जाने हो कि संकेत गर्दछ । नेप्से तल्लो रेखाको नजिक टेवा लिएको संकेत पनि रहेको छ । यसले नेप्सेले अर्को हप्ता उकालो लाग्ने सम्भावना देखाएको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पिभोट रेखाभन्दा तल र पहिलो टेवा रेखा (Support, S1) को नजिक बसेको छ ।आगामी हप्ता यस रेखामा टेवा लिएर निप्से उकालो लाग्न सक्ने संकेत दिएको छ ।
प्राबिधिकरुपमा नेप्से घट्दा भोलुम घटनु सकारात्मक संकेत हो ।त्यस्तै अर्को प्राबिधिक औजार money flow index (MFI) २० अंकमा रहेको छ । यसले बजारमा बिक्री प्रेसर निकै नै घटेको संकेत गर्दछ र बजार फर्कनु पर्ने मान्यता राख्दछ ।
अगामी हप्ता प्राबिधिकरुपमा नेप्से उकालो लाग्नु नै पर्ने हो तर थप थचारेर आम लगानीकर्तालाई तर्साउन बेर पनि छैन ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया