आजकाे बिनिमयदर : डलर बढयाे, युराे घटयाे

नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।

बिहीबार युरोपियन युरो एकको खरिदमा भने १ सय ४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १ सय ४२ रूपैयाँ ३२ पैसा ताेकिएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले ओरालो लागेको हाे । बुधबार युरो एकको खरिदमा भने १ सय ४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १ सय ४२ रूपैयाँ ७३ पैसा कायम गरिएको थियो।

उता, बिहिबार १ रुपैयाँ ५ पैसाले ओरालो लागेर बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १ सय ५९ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १ सय ६० रूपैयाँ ३२ पैसा तोकिएको छ। यसअघि बुधबार यसको खरिददर १ सय ६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १ सय ६१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ९२ रूपैयाँ ४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ४६ पैसाका कारोबार भएको थियो ।

यता, क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रूपैयाँ १० पैसा ताेकिएकाे छ ।

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रूपैयाँ ९ पैसा र बिक्रीमा ३० रूपैयाँ २३ पैसा ताेकिएकाे छ ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६१ पैसा र बहराइन दिनार एकको खरिददर ३ सय ५० रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३० पैसा तोकिएको छ।