आशा र निराशाकाे पेरुङ्गाेमा कैद नेप्से
बुधबार नेप्से २१०० माथि बस्न नसकि मुनि नै बसेको छ । राज्यको गलत नीतिका कारण आम लगानीकर्ता पिल्सिनु पर्ने अबस्था जारी नै रहेको छ । तर प्राविधिकरुमा आशा र निराशा दुवै देखाएको छ ।
शुरुको पहिलो घण्टामा नेप्से उकल्ने प्रयास गरेता पनि सफल हुन सकेन । नेप्से करिब १२ बजे आजको उच्चतम विन्दु २११७।८४मापुगे पश्चात निरन्तरको ओरालो यात्रा शुरु भयो । अन्तिम समयमा नेप्से आजको न्यूनतम विन्दु २०८६।७८ मा पुगे पश्चात केहि उकालो लागेर २०९१।५६ मा बजार बन्द भयो ।
मंगलबार र बुधबार करिब समान भोलुम आएको छ ।
मंगलबारकाे तुलनामा बुधबार ४१%ले भोलुम (कारोबार)घटेको छ । करिब एक अर्ब ७३ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा अन्तिम २० मिनेट बाहेक अन्य समयमा भोलुम केही तल माथि रहेको छ । १० मिनेटको अन्तरालमा नेप्से घट्दा रातो भोलुम को मात्रा बढेको छ भने नेप्से बढ्दा हरियो भोलुमको मात्रा रातोको भन्दा कम रहेको छ । यसले नेप्सेलाई थचार्न चाहानेकै दवदवा रहेको संकेत गर्दछ ।
Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा माथि फिर्ने संकेत गरेको छ । मध्ये रेखा तल फर्कन रोकिएको छ । तल्लो रेखा चाहिँ तल तिरै फर्केको छ । यस औजारले बजार माथि फर्कने संकेत र सम्भावना देखाएको छ । भोलि नेप्से थफ ओरालो लागेमा तल्लो रेखा नेप्सेको लागी टेवा हुन सक्छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से पिभोट रेखाभन्दामुनि बसेको छ ।नेप्से ओरालो लाग्दा टेवा लिन सक्ने पहिलो टेवा रेखा (Support, S1) टाढा रहेको छ । यसले नेप्से ओरालो लागेमा छिटो टेवा नपाउने संकेत गर्दछ । साथै यो पिभोट रेखा वरिपरि रुमलिरहने संकेत पनि हो ।
प्राबिधिकरुपमा नेप्से घट्दा भोलुम घटनु सकारात्मक संकेत हो । साथै घट्ने मात्रा पनि कम हुदै गएको छ । बिहीबार डेड क्याट बाउन्स हुन पनि सक्छ वा अझै थप थचारेर आम लगानीकर्तालाई तर्साउन बेर पनि छैन । ।
आम लगानीकर्ताले ख्याल गर्नु पर्ने बिषय भनेको, नेप्से सधै तल जादैन र सधैं माथि पनि जाँदैन । सेयर बजार लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउँदा मृगले पनि लखेटन सक्छ ।
ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया