अमेरिकन डलरकाे उकालो यात्रा कायमै

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

उता, युरोपियन युरो एकको खरिदमा भने १सय ४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १ सय ४२ रूपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो । मंगलबार युरो एकको खरिदमा भने १ सय ४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १ सय ४१ रूपैयाँ ६९ पैसा कायम भएको थियो ।

बुधबार २ रुपैयाँ ११ पैसाले वृद्धि भइ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १ सय ६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १ सय ६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । यसअघि मंगलबार यसको खरिददर १ सय ५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १ सय ५९ रूपैयाँ ७१ पैसामा कारोबार थियो ।