नेप्सेले सुरु गर्याे २१०० माथि बस्न संघर्ष

‍‍नेप्से   २२०० माथि जान उत्साहित बजारलाई मनु मुन्द्रा लोगहरुले थचारेपछि अब २१०० मा अडिन संघर्ष गर्नु परेको छ । अहिले हरेक क्षेत्रमा नागरिकले राज्य विहीनताकाे अनुभव गरिरहेका छन् । सेयर बजार पनि यसबाट अछुताे नरहेकाे बताइएकाे छ । राज्यको स्थापना आम नागरिकको पक्षपोषणको लागी भएको हो । तर राज्य संचालकहरुले मुठ्ठीभरको पक्षपोषण गर्दाखेरी आम नागरिक पीडित हुन स्वभाविक नै हाे ।

आईतबार चार, बार्‌ह बहानामा पहिरो गएको नेप्से मंगलबार पनि थामिएन । मंगलबार दिनभरि नै नेप्से पटक पटक उक्लिन प्रयास गरेता पनि सफल हुन सकेन । ६ पटक ओरालो लाग्दै माथि उक्लेको छ । हरेको उकालोको प्रयासमा नेप्से तल थचारिएको छ । अन्तिम समयमा नेप्से आजको न्यूनतम विन्दु २१००।५८ मा पुगे पश्चात केहि उकालो लागेर २१०५।४६ मा बजार बन्द भयो ।

अघिल्लो दिनकाे तुलनामा आज ४१%ले भोलुम (कारोबार)घटेको छ । करिब एक अर्ब ७८ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा अन्तिम २० मिनेट बाहेक अन्य समयमा समान मात्राको भोलुम आएको छ । अन्तिम २० मिनेटको पहिलो १० मिनेटको भोलुमले नेप्सेलाई ओरालो धेकेल्यो भने अन्तिमा १० मिनेटको भोलुमले चाहिँ नेप्सेलाई माथि ठेलेको छ । मंगलबार पनि अन्तिम १० मिनेटमा तुल्नात्मक धेरै भोलुम आएको छ ।

Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,मंगलबार बोलिंजर ब्यान्ड (Bollinger Band)को तिनवटै रेखा तल फर्कने संकेत गरेको छ । जसले नेप्से पुन ओरालो तिरै लाग्ने हो कि भन्ने शंका प्रकट गरेको छ । नेप्सेमध्ये रेखामा भन्दा तल नै बसेको छ । नेप्से थप ओरालो लागेमा तल्लो रेखामा टेवा लिएर माथि जान पनि सक्छ । तर तीन वटै रेखा तल फर्कने लक्ष्यणले गर्दा तल्लो रेखामा लेसिदै नेप्से ओरालो नलाग्ला भन्न  सकिदैन ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पिभोट रेखाभन्दामुनि बसेको छ । नेप्से ओरालो लाग्दा टेवा लिन सक्ने पहिलो टेवा रेखा (Support, S1) टाडा रहेको छ । यसले नेप्से ओरालो लागेमा छिटो टेवा नपाउने संकेत गर्दछ । साथै यो पिभोट रेखा वरिपरि रुमलिरहने संकेत पनि हो ।

नेप्सेको अस्वाभाविक घटाईले नेप्से कता भनेर अनुमान गार्हो छ नै । प्राबिधिकरुपमा नेप्से घट्दा भोलुम घटनु सकारात्मक संकेत हो । तर आम लगानीकर्ता निष्क्रिय हुँदा ठूलाले न्यून भोलुममा नै नेप्सेलाई थप थचारेर आम लगानीकर्तालाई तर्साउन बेर छैन ।

आम लगानीकर्ताले ख्याल गर्नु पर्ने बिषय भनेको, नेप्से सधै तल जाँदैन र सधै माथि पुग्दैन। सेयर बजार सधै‌‌ लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउँदा मृगले पनि लखेटन सक्छ ।

ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा बजार सन्तलन भइ ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com