राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्वजनिक  बिदा दिए पनि बैंकहरुका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तीय संस्थाका आवाश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था  मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।