नेप्सेमा चार, बाह्रकाे हाउगुजी
भनिन्छ तीन करोड नेपालीको अर्थतन्त्रलाई दुई, तीन सय ठूला साहुहरुले मुठ्ठीमा छ । त्यस्तै नेपालको सेयर बजार पनि ५०, ६० जना ठूला लगानीकर्ता अथवा भनौँ सेयर माफियाले मुठ्ठीमा राखेका छन् । सेयर बजार सम्बन्धी चर्चित सिनेमा “scam 1992” मा मनु मुन्द्रा नामक एक पात्र देखाईएको छ । सिनेमाको अनुसार त्यतिबेला भारतको सेयर बजारलाई उनले आफ्नो मुठ्ठीमा राखेको थियो । मनु मुन्द्राले सेयर बजार “गिरादो” भन्ने बित्तिकै झर्ने गर्दथ्यो । नेपालको सेयर बजारमा पनि यस पात्रसँग मिल्दो जुल्दो अमूक पात्र रहे जस्तै बजार कहिले बेपत्तासित बढने र कहिले टाउको नउचालिकनै झर्ने गरेको छ । विगतमा यस्ता कयौँघटना घटिसक्दा पनि नियामक निकाय र सरकार मनु मुन्द्राहरुसँग मौन छ वा लाचार छ ।
३२०० को उच्च तहमा पुगेको बजारलाई झार्न नेपाल राष्ट्र बैंकको चार, बाह्र नीति दरो बहाना बन्यो । के चार,बाह्रको सरोकार आम लगानीकर्ताको लागी छ ? त्यतिबेला प्रकाशित तथ्यांक अनुसार १२ करोड भन्दा माथि सेयर कर्जा लिने जम्मा ३८ जना थियो । अहिले १२ करोडसम्म कर्जा कति जनाले लिएको छ ? पक्कै पनि नगण्य नै छ । अस्ति शुक्रबार प्रकाशित मौद्रिक नीतिमा यो विषय सम्बोधन भएन भनेर जुन हिसाबले बजारमा पहिरो गयो, के यो स्वभाविक हो ? पक्कै होईन । यी र यस्ता अनेकन तिकडममा सरकार रमिते हुन, कतै काले काले मिली खाउ भाले पो हो कि भन्ने शंका गर्ने ठाउँ रहेको छ ।
नियमित कारोवारको शुरुवातीमा नै ओरालो बझारिएको नेप्से तत् पश्चात चाहिँ उक्लिन नै सकेन । निरन्तर तल ठचारिनै रहयो । अन्तिम समयमा नेप्से आजको न्यूनतम विन्दु २११७।६७ मा पुगे पश्चात यस भन्दा केही माथि २१२१।८७ विन्दुमा बजार बन्द भयो । नेप्से अघिल्लो दिनको तुलनामा ६०।७७ अंकले घटेको हो ।
अघिल्लो दिनुनको तुलनामा आज ३२%ले भोलुम (कारोबार) बढेको छ । करिब दुई अर्ब ६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १ घण्टामा बिभाजन गर्दा शुरुको र अन्तिमको १ घण्टामा कुल कारोबारको दुई तिहाई कारोबार भएको छ । शुरुको १ घण्टामा ४१ अंकले नेप्से ओरालो लागेको छ भने अन्तिम १ घण्टाम मा ८ अंकले ओरालो लागेको छ । घट्दो बजारमा भोलुम बढनुलाई राम्रो संकेत मानिदैन ।शुरुमा घटेको नेप्से बिचको दुईघण्टामा पनि उकालो लाग्ने संकेत नदेखेपछि लगानीकर्ताहरुले अन्तिममा थप घटने शंकाले सेयर बेचेको हुन सक्छ ।
Figure 1 प्रत्येक १ घण्टामाभएको कारोबार भोलुम र क्यान्डल बनावट
Manipulation भएको बजारमा प्राविधिक औजारको ठम्याईको मिलाईको मात्रा कम हुन्छ । तर यसलाई नजर अन्दाज गरिहाल्नु पनि उपयुक्त हुँदैन ।
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को तिनवटै रेखा तल फर्कने संकेत गरेको छ । जसले नेप्से पुन ओरालो तिरै लाग्ने हो कि भन्ने शंका प्रकट गरेको छ । नेप्सेमध्ये रेखामा भन्दा तल नै गएको छ । अर्को कारोबारको दिन नेप्सेले पुन तल्लो रेखामा टेवा लिएर माथि जाने सम्भावना देखाएको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पिभोट रेखाभन्दा मुनि बसेको छ । नेप्से ओरालो लाग्दा टेवा लिन सक्ने पहिलो टेवा रेखा (Support, S1) टाढा रहेको छ । यसले नेप्से ओरालो लागेमा छिटो टेवा नपाउने संकेत गर्दछ । साथै यो पिभोट रेखा वरिपरी रुमलिरहने संकेत पनि हो ।
सरकारको नीतिले सेयर बजार प्रभावित हुनु स्वाभिक नै हो । तर मनु मुन्द्रा शैली स्वाभाविक होईन ।
नेपाल राष्ट्र बैंक राज्यको एउटा निकाय हो । देशलाई सरकार र राज्यको आवश्यकता भनेको देशका आम र निमुखा जनताको न्यायको रक्षा गर्न हो । सक्षम र सम्पन्नलाई काखी च्यापन राज्यको प्रार्दुभाव भएको होईन । यसलाई राज्यका संचालकहरुले बुझ्नु जरुरी छ । चार, बाह्रकाे सरोकार आम जनताको होईन केही मुठ्ठी भरको लागी हो । त्यहि मुठ्ठीभर समूहको कब्जामा सेयर बजार रहेको छ । उनीहरु आफ्नो पैसा होईन जनता कै पैसा चलाएर जनतालाई नै उल्लु बनाउन उद्धत छन ।
मनु मुन्द्राहरुलाई राज्य र सराकरले संरक्षण गर्नु लोकतन्त्र, गणतन्त्रको उपहांस हो । यसमा नयां सरकार र बिष्णु पौडलले तोम शरणम गर्छन कि जनताको हितको लागी कार्वाहि गर्छन, आगामी दिनहरु बताउने नै छ ।
सयेर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो ।नेप्से सधै तल जाँदैन र सधै माथि पनि जाँदैन । सेयर बजार लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउँदा मृगले पनि लखेटन सक्छ ।
ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया