सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८३ प्रतिशत लाभांश घोषणा
सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैकले लगानीकर्ताहरुको लागी ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद दिने निर्णय गरेको हो ।
प्रस्ताव गरिएको लाभांशलाई राष्ट्र बैंकले स्विकृती दिएपछि उक्तसांग्रिला डेभलपमेन्ट बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया