रुमलिएकाे नेप्से उकालोतर्फ

दुई दिन अघि धमाकासँग बढेको नेप्सेमा हिजो केही करेक्सन आएको थियो । जसले गर्दा नेप्से पुन तल ओर्लने पो हो कि भन्ने शंका उत्पनन्न भएको थियो । आज यो शंका मत्थर भएको छ ।

नियमित कारोवारको शुरुवातीमा नेप्से केही उकालो लागेर पुन ओरालो लाग्यो । करिब साढे १ बजे सम्म नेप्से उकालो लाग्ने आशा डिमा भएको थियो । यति बेलासम्मको न्यून भोलुमले बजार धेरै तल नजाने आँकलन चाहिँ गर्न सकिन्थयो । जुन सही ठहरियो र नेप्से बिहीबारको न्यूनतम विन्दु २१५३।३१ मा पुगे पश्चात उकालो तर्फ मोडियो । उकालोको क्रममा केहि ओरोलो हुँदै नेप्से आजको उच्चतम विन्दुभन्दा एक विन्दु तल २१८२।६३ मा रहि बजार बन्द भयो ।

बुधबारकाे तुलनामा आज ४४%ले भोलुम (कारोबार)घटेको छ । करिब दुई अर्ब ६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा शुरुको १० मिनेटको भोलुममानेप्से बढेको छ । दोस्रो १० मिनेटमा नेप्से घटेको छ । अन्तिम समयको २० मिनेटमा भोलुम हवात्तै बढनुको साथै घटदो नेप्सेलाई जुरुक्क उचालेर नेप्सेलाई माथि बसालेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को तिनवटै रेखा समान्तर ढंगले अघि बढने छाँटकाँट देखाएको छ । नेप्सेलेमध्ये रेखामा टेवा लिई माथि गएको छ । आगामी हप्ता नेप्से उक्लेमा माथिल्लो रेखामा अवरोधको सामना गर्नु पर्ने हुन्छ । यसैक्रममा ब्यान्ड नफुकेको खण्डमा केही समय नेप्से sideways  मा जान सक्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पिभोट रेखाभन्दा माथि बसेको छ । नेप्से उँभो लाग्दा प्रतिरोध सामना गर्नु पर्ने पहिलो प्रतिरोध रेखा २२०० माथि नै रहेको छ । यसले नेप्से २२०० माथि जान सहज रहेको संकेत गर्दछ ।

बिगत दुई तीन हप्ताको अबस्था हेर्ने हो भने नेप्सेलाई २२०० को तह कटन हम्मे हम्मे भईराखेको छ । अगामी हप्ता पक्कै पनि यसको छिनो फानो हुने सम्भावना रहेको छ । २२०० तह कटेर स्थायित्व लिएमा नेप्सेले अर्को उचाई लिनेमा शंका गरिरहनु पर्ने छैन ।

सयेर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो ।नेप्से सधै तल जाँदैन र सधै माथि पनि जाँदैन । सेयर बजार लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउँदा मृगले पनि लखेटन सक्छ ।

ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन भन्ने पुष्टि आज पनि भएको छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com