२२ सयकाे लक्ष्य भेटाउन लम्कदै नेप्से

साेमबारकाे अनुमान भन्दा बृहत्तर प्रदर्शन मंगलबार बजारले गरेको छ । नेप्से २१०० सय माथि मात्र थामिएन, यसले २२०० तर्फ लम्कने संकेत गरेको छ । अघिल्ला हप्तामा २२०० काट्न संघर्ष गरेको नेप्सेले बुधबार धुम धमाकासँग २२०० कट्ने हो कि भन्ने छाँटकाट देखाएको छ ।

आजनियमित कारोवारको शुरुवाती देखिनै उकालो लम्केको बजारले पछाडि नफर्किनै अन्ति समयसम्म नै उकालो लाग्यो । मंगलबारको उच्चतम विन्दु २१७७।३४ मा नै नेप्से रहि बजार बजार बन्द भयो ।

साेमबारकाे  तुलनामा आज दुई गुणाले भोलुम (कारोबार)बढेको छ । करिब तीन अर्ब ३६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १०मिनेटमा बिभाजन गर्दा शुरुको १० मिनेटमा कम भोलुमले बजार बढेको छ । अन्तिम १० मिनेटमा आएको तुलनात्मक बढी भोलुमले बजारलाई माथि लगेर राखेको छ । शुरुको आधी घण्टामा क्रमिक भोलुम बढे पश्चात बाँकी समयमा सरदर समान भोलुम आएको छ । नेप्सेसँग सँगै भोलुम बढदै गएको छ ।

Figure 1 प्रत्येक १०मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)फुक्ने संकेत गरेको छ । मध्ये रेखा तेर्सो जान खोजेको छ । नेप्सेले मंगलबार तल्लो रेखामा टेवा लिई माथि उक्लेको थियो । मंगलबारकाे टेकोलाई साथ दिदैन माथि उक्लनुको साथै मध्य रेखा तोडेर नेप्से माथि बसेको छ । बुधबार बजार बढेमा ब्यान्डको माथिल्लो रेखामा प्रतिरोधको सामना गर्नु पर्ने हुन्छ । माथिल्लो रेखा माथि तिरै फर्केको हुँदा नेप्से आगामी दिनमा माथिल्लो रेखा पछ्याउदै उकालो यात्रातिर लम्कने सम्भावना प्रबल देखिएको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्सेलेपिभोट रेखाको सम्भावित प्रतिरोधलाई तोडेर माथि बसेको छ ।नेप्से उँभो लाग्दा प्रतिरोध सामना गर्नु पर्ने पहिलो प्रतिरोध रेखा २२०० माथि नै रहेको छ । नेप्सेले बुधबार सहजै २२०० कटाउने सम्भावना देखाएको छ ।

सेयर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो ।नेप्से सधै तल जादैन र सधैँ माथि पनि जाँदैन । सेयर बजार लोभ र डरको खेल मैदान पनि हो । धेरै लोभ गर्दा खल्तीको पनि पोखिन सक्छ भने धेरै डराउदा मृगले पनि लखेटन सक्छ ।

ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन भन्ने पुष्टि आज पनि भएको छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com