उत्साह बढाउदै नेप्से

नेप्से थप ओरोलो लाग्नबाट साेमबार  थामिएको छ । नेप्से २१०० को विन्दुमा बसेको छ । यसले नेप्से थप उकालो लाग्ने तर्फ आशा पलाएको छ । भोलुम ड्राई हुदै गएको संकेत पनि गरेको छ । देशको अर्थतन्त्रमा मन्दीको त्रास बाहेक अन्य सूचकहरु क्रमश सकारात्मक भईराखेको छ । साेमबार मात्र पनि देशको सिंचित अबस्थामा सुधार आएको समाचार रहेको छन् । रास्वपाको सरकारबाट बहिर्गमनले सरकारको स्थायित्वमा केही असर नहुने आज पुष्टि भएको छ । यी सबै सकारात्मक माहाेलको प्रभाव सेयर बजारमा पर्नु नै पर्छ । अन्यथा अन्य अबस्थालाई स्वभाविक मान्न सकिदैन ।

शुरुवाती केही मिनेटमा बजार नकारात्मक रहयो । पौने १२ सम्ममा नेप्से ओरालो लागेर न्यूनम विन्दु २०८७।२ सम्म नेप्से पुग्यो । तत् पश्चात उकालो लागेर  उच्चतम विन्दु २१०२।७ सम्म पुगे पश्चात ओरालो उकालो गर्दै रहयो । अन्तिम समयमा ओरालो लाग्नबाट सम्हालिदै नेप्से २१००।७ विन्दुमा रहि बजार बन्द भयो ।

अघिल्लो दिनको तुलनामा आज २४% ले भोलुम (कारोबार)घटेको छ । करिब एक अर्ब ४७ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १०मिनेटमा बिभाजन गर्दा शुरुको १० मिनेटमा कम भोलुमले बजार बढेको छ । अन्तिम १० मिनेटमा आएको तुलनात्मक बढी भोलुमले बजारलाई माि लगेर राखेको छ । बाँकी समय सरदर समान भोलुम आएको छ ।

Figure 1 प्रत्येक १०मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूबाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)थप खुम्चने संकेत गरेको छ । मध्ये रेखा तेर्सो जान खोजेको छ । जस अनुरुप बजार consolidation चरणमा जाने संकेत गर्दछ । नेप्सेले तल्लो रेखामा टेवा लिई माथि उक्लेको छ । यसले भोलि नेप्से थप उक्लने सम्भावना प्रकट गर्दछ ।

 

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पिभोट रेखा भन्दा मुनि नै बसेको छ । नेप्सेबाट पहिलो टेवा रेखा र अबरोधक रेखा दुबै टाढा भएको हुदां नेप्से ओरालो लागे पनि केहि तल नै आउने देखिन्छ । त्यस्तै उकालो लागेमा छिट्टै प्रतिरोधको सामना नेप्सेले गर्नु पर्ने देखिदैन । अर्को सम्भावना भनेको केही समय पिभोट रेखामा नै sideways जान सक्ने रहेको छ ।

सेयर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो । बजार तल जानु पनि अबसर हो । ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।

 

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com