अस्थिरता ताेडेर स्थिर बन्न खाेज्दै सेयर बजार
बिहीबार ओरालो लागेको नेप्से, आइतबार थामिन खोजेको छ । मूलत नेप्से २१०० को तह पार गर्ने प्रयासमा छ । आइतबार २१०० को तह पार गरेता पनि यस माथि नै बस्न चाहिँ सकेन । साथै भोलुम पनि घट्दो अबस्था रहेको छ । देशको राजनैतिक परिस्थितिको गडबडीको प्रभाब अझै नेप्सेमा कायर रहेको अनुमान गर्न सक्छौ ।
आइतबार सुरुको पहिलो घण्टामा नेप्से उकालो लागेको थियो । करिब १२ बजे आजको उच्चतम विन्दु २११८।२७ मा पुगे पश्चात साढे १ को आसपास सम्म यसै तहमा नेप्से स्थिर रहयो । तर यसपछि ओरालो लागेर पौने तीन बजे तिर आजको न्यूनतम विन्दु २०८७।६९ मा पुगे पश्चात केहि उकालो लागेर २०९६।०८ मा बजार बन्द भयो ।
शुक्रबारको तुलनामा आइतबार ८% ले भोलुम (कारोबार) घटेको छ । करिब एक अर्ब त्रियान्ब्बे करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १०मिनेटमा बिभाजन गर्दा शुरुको १० मिनेटमा कम भोलुमले बजार बढेको छ । अन्तिममा आएको तुलनात्मक बढी भोलुमले बजारलाई माथि नै थामेको छ । बाँकी समय सरदर समान भोलुम आएको छ ।
Figure 1 प्रत्येक १०मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा आइतबार बोलिंजर ब्यान्ड (Bollinger Band)को रेखा समान्तर रेखाहरुमा परिवर्तन हुने संकेत गरेको छ । जस अनुरुप बजार consolidation चरणमा जाने संकेत गर्दछ । नेप्सेले तल्लो रेखामा टेवा लिन खोजेको छ । भोलि यहि रेखामा टेवा लिएर नेप्से माथि उक्लन सक्ने सम्भावना देखाएको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप नेप्से पिभोट रेखा भन्दा मुनि नै बसेको छ । नेप्सेबाट पहिलो टेवा रेखा र अबरोधक रेखा दुबै टाढा भएको हुँदा नेप्से ओरालो लागे पनि केहि तल नै आउने देखिन्छ । त्यस्तै उकालो लागेमा छिट्टै प्रतिरोधको सामना नेप्सेले गर्नु पर्ने देखिदैन । अर्को सम्भावना भनेको केहि समय पिभोट रेखामा नै sideways जान सक्छ ।
सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टीको बहिर्गमन भएता पनि उसले दिने समर्थन कायम नै रहेको छ । सरकार ढल्ने अबस्था होईन । साथै एमाले सरकारबाट बाहिरिएको छैन् । संविधान त तत्काल नयाँ सरकार गठन हुने परिस्थिति छैन । तरलता अबस्था सुध्रिदै गएको छ । सबै परिस्थिति अनुकूलको अबस्थामा सेयर बजार धेरै तल जान सक्दैन । सर्वसाधारण लगानीकर्तालाई पुन ठूला लगानीकर्ताले सातो खान खोजेको पनि हुन सक्छ ।
सयेर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो । बजार तल जानु पनि अबसर हो । ठूलो संख्यामा रहेको साना लगानीकर्ताले आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com
फेसबुकबाट तपाईको प्रतिक्रिया