हिउँदे कुवा जस्तै तलतल झर्दै नेप्से
सत्ता गठबन्धनमा खटपट शुरु हुने बित्तिकै सेयर बजार ओरालो लागेको छ । अब कति सम्म ओरालो लाग्न सक्ला ? मंगलबार कारोबारको शुरूवाती केही मिनेटमा नै ओरालो लागेको नेप्सेले उकालो लाग्न समय समय भरपुर प्रयास गर्यो । तर सफल भएन । करिब साढे १ बजे तिर उच्चत विन्दु २१३६।४४ मा नेप्से पुगे पश्चात पुन ओरालो लाग्यो । अन्तिम समयमा न्यूनतम विन्दु २१०७।७७ मा नेप्से पुगे पश्चात यस भन्दा केही माथि २१३६।४४ विन्दुमा बजार बन्द भयो ।
साेमबारकाे तुलनामा मंगलबार १४% ले भोलुम (कारोबार)घटेको छ । करिब २ अर्ब ८२ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा करिब समान भोलुमले बजार उतारचढाव भएको छ । अन्तिम १० मिनेटमा आजको तुलनात्मक उच्च भोलुमले नेप्सेलाई थप तल ओर्लनबाट थामेको छ । १० मिनेटको अन्तरमा आएका कुल नकारात्मक भोलुमले सकारात्मक भोलुमलाई जितेको छ । यसले नेप्से घट्ने आंकलन गर्ने समूहवा बिक्रीकर्ता हावी भएको संकेत गर्दछ ।
Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तल तिर फर्कने क्रम निरन्तर नै रहेको छ । मध्ये रेखा माथि फर्केन छोडेको छ ।तल्लो रेखा माथि फर्केरब्यान्ड खुम्चनेक्रममा जारी नै रहेको छ । नेप्से मध्ये रेखामा टेवा नलिई तल ओर्लेको छ । यसले नेप्से थप ओर्लन सक्ने सम्भावना बढाएको छ । नेप्से थप तल गएमा तल्लो रेखामा टेवा लिने सम्भावना रहन्छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज पनि नेप्से तेस्रो अवरोधक (Resistance, R3) भन्दा मुनि बसेको छ । नेप्से पुन ओरालो लागेमा दोस्रोअवरोधक (Resistance, R2)२०८० विन्दुमा टेवा लिन सक्ने छ ।
नेप्से उकालो ओरालो लाग्नु स्वभाविक प्रक्रिया हो । ठूला लगानीकर्ताहरुको बजार घट्नु र बढ्नुमा बिभिन्न बहाना बाजीहरु हुने गरेका छन् । स्मार्ट मनी अथवा ठूला लगानीकर्ताले पुन तल तिर सेयर बटुल्ने योजना बनाएको हुन सक्छ । सर्वसाधारण लगानीकर्ताले धैर्य राख्नु पर्ने अबस्था सिर्जना भएको छ । वारेन बफेटको भनाई सम्झनु उपयुक्त हुन्छ । “बजार मातेको बेला हामी डराउनु पर्छ । बजारले डर देखाएको बेला हामी लोभिनु पर्छ ।“
सयेर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो । बजार तल जानु पनि अबसर हो । ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com
फेसबुकबाट तपाईको प्रतिक्रिया