निरन्तरको ओरालो यात्रा धान्न नेप्सेलाई सकस
विगत ९ दिन देखि बजार sideways मा थियो । प्राबिधिक मान्यता अनुसार sideways रहेको बजारमा किन्नु र बेच्नु दबै परिस्थिमा धेरै जोखिम मोल्नु पर्ने हुन्छ । किनेभने यस्तो परिस्थितिमा बजारले कुनै पनि बेला तीब्र उकालो वा ओरालो यात्रा तय गर्न सक्छ । अब के नेप्सेले ओरोलो ओरालो नै लाग्ने हो त ?
आज कारोबारको शुरूवाती केही मिनेटमा नेप्सेको उच्चतम विन्दु २१७४।६६ मा पुगे पश्चात बजार ओरालै ओरालो लागेर २१२७।३७ विन्दुमा बजार बन्द भयो ।
अघिल्लो दिनको तुलनामा आज ९% ले भोलुम (कारोबार) बढेको छ । करिब तीन अर्ब तीस करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा करिब समान भोलुमले क्रमिकरुपमा बजार ओरालो लागेको छ । अन्तिम १० मिनेटमा चाहिँ आजको तुलनात्मक उच्च भोलुमले नेप्सेलाई थप तल ओर्लनबाट केही थामेको छ । १० मिनेटको अन्तरमा आएका कुल नकारात्मक भोलुमले सकारात्मक भोलुमलाई जितेको छ । यसले आज पनि बजारमा नेप्से घटने आंकलन गर्ने समूहवा बिक्रीकर्ता हावी भएको संकेत गर्दछ ।
Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तल तिर फर्कने क्रम निरन्तर नै रहेको छ । मध्ये र तल्लो रेखाले माथि फर्केन छोडेको छ ।ब्यान्ड खुम्चने क्रममा जारी नै रहेको छ । नेप्से मध्ये रेखाभन्दा केही तल बसेको छ । यसले भोलि बजार मध्ये रेखामा टेवा लिएर माथि जाने हो कि भन्ने सम्भावना देखाउछ । यदि ओरालो लागेमा तल्लो रेखासम्म नेप्से आईपुग्ने सम्भावना रहन्छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज पनि नेप्सेले तेस्रोअवरोधक (Resistance, R3) भन्दा मुनि बसेको छ । अबरोधक ब्रेक आउटलाई invalid गेरको छ ।नेप्से पुन ओरालो लागेमा दोस्रो अवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।
लामो sideways पछि ओरालो तर्फ मोडिएको छ । स्मार्ट मनी अथवा ठूला लगानीकर्ताले पुन तल तिर सेयर बटुल्ने योजना बनाएको हुन सक्छ । सर्वसाधारण लगानीकर्ताले धैर्य राख्नु पर्ने अबस्था सिर्जना भएको छ । पुन वारेन बफेटको भनाई सम्झनु उपयुक्त हुन्छ । “बजार मातेको बेला हामी डराउनु पर्छ । बजारले डर देखाएको बेला हामी लोभिनु पर्छ ।“
सयेर बजार जोखिम र प्रतिफलको सुन्दर संगम हो । बजार तल जानु पनि अबसर हो । ठूलो संख्यामा रहेको साना लगानीकर्ता आफ्नो गच्छे अनुसार बजारमा सक्रिय सहभागीभएमा ठूलाको एकल बलबुत्ताले मात्र नेप्सेलाई धेरै तल लान सक्दैन ।
तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया