बल्छीमा फस्याे नेप्से

नेप्से २२०० काे सीमा कट्न सकेकाे छैन् । एक हप्ता लामाे प्रयास गरेपनि ऊ पुरानाे लयमा फर्किन नसकेकाे हाे । २२०० कटेपनि फेरि तल ओर्लनु पर्ने बाध्यताकाे  भूमरीमा रुमलिरहेकाे छ । साताकाे पहिलाे दिन २२०० पुग्दै नपुग्दै  झन ओरालो लाग्याे । बजारमा क्रमश अर्थ मन्त्री पौडेल फोबिया सेलाउदै गएको देखिन्छ । साथै देशको राजनैतिक माहौलप्रति लगानीकर्ता शसंकित हुँदै गएको हो कि भन्ने अनुमान पनि धेरैले  गर्न थालेका छन् ।

शुरूको आधी घण्टामा आजको न्यूनतम विन्दु २१६३।८९ मा नेप्से पुगे पश्चात उकालो लागेर करिब साढे १२ बजे आजको उच्चतम विन्दु २१९२।८५ सम्म नेप्से पुग्यो। त्यपछि ओरालो लागेर नेप्से २१६८।५३ मा बसी बजार बन्द भयो ।

गत शुक्रबारकाे  तुलनामा आज ५% ले भोलुम (कारोबार) बढेको छ । करिब तीन अर्ब बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा शुरुवाती १० मिनेटमा आएको भोलुमले नेप्सेलाई ओरालो ताने पश्चात बराबार भोलुमले नेप्सेलाई तल माथी दोहोर्‌याएकाे छ । अन्तिम ३० मिनटेमा क्रमिक भोलुम बृद्दि हुँदा नेप्से क्रमिकरुपमा ओरालो लागेको छ । अन्तिम १० मिनेटमा चाहिँ आजको तुलनात्मक उच्च भोलुमले नेप्सेलाई थप तल ओर्लनबाट केही थामेको छ । १० मिनेटको अन्तरमा आएका कुल नकारात्मक भोलुमले सकारात्मक भोलुमलाई जितेको छ । यसले बजारमा नेप्से घटने आंकलन गर्ने समूहवा बिक्रीकर्ता हावी भएको संकेत गर्दछ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तल तिर फर्कने क्रम निरन्तर नै रहेको छ । मध्ये र तल्लो रेखा भने माथि नै फर्केने क्रम जारी नै रहेको छ । ब्यान्ड खुम्चनेक्रममा जारी नै रहेको छ । नेप्से ब्यान्डभित्र रहेको छ । नेप्से मध्ये रेखा तर्फ नजिकिदै गएको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखारहेको छ । यसै रेखालाई टेवा लिएर नेप्सेले आफ्नो दिशा परिवर्तन पनि गर्न सक्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज पनि नेप्सेले तेस्रो अवरोधक (Resistance, R3)भन्दा माथि नै बसेकोछ । अबरोधक ब्रेक आउटलाई क्रमश valid गरिरहेको छ । नेप्से पुन ओरालो लागेमा तेस्रो अवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ । यसले नेप्से ओर्लेमा धेरै तल नजाने सम्भावना प्रकट गर्दछ ।

आज र अघिल्लो ९ कारोबार दिन देखिनै नेप्से sideways मा रहेको छ । यस अवधिमा नेप्से पिभोट फिबोनाची (Pivot Fibonacci) को तेस्रो अवरोधक (Resistance, R3) मा आउँदै माथि गएको छ । यस अर्थमा नेप्से जसरी १८०० मुनि जान खोजेन वा  स्मार्ट मनीले नेप्सेलाई थाम्यो, त्यसरी नै नेप्से २१०० को तह मुनि जान खोजेको छैन वा थामेको छ ।

मूलत आम लगानीकर्ता र स्मार्ट मनी पर्ख र हेरको रणनीतिमा रहेको छनक आजको बजारमा देखाएको छ।

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।