सम्पत्ती शुद्धिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। संघले संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी तथा सरोकारवालाहरुलाई तालिम प्रदान गरेको हो।

उक्त कार्यक्रममा २६ वटा मर्चेन्ट बैंक र संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको नेपाल मर्चेन्ट बैंकर्स संघले जनाएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तीय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्फबाट कानून विभागका का.मु. निर्देशक एवं शाखाका प्रमुख राजाराम दुवालको उपस्थिति थियो।