बल्दै निभ्दै नेप्से, २२०० भन्दा माथिकाे लक्ष्य हासिल गर्न कठिन

बिहीबार  छैठाैँ पटक नेप्से २२०० पुग्दै फर्केको छ । यो २२०० माथि बस्नलाई शक्ति संचय हो वा पुन ओरालो लाग्ने लक्षण ? अझै अलमल नै छ । आजको क्यान्डल बनावट हेर्दा बजारले बुधबारको तुलनामा अलि छोटो टुप्पी बनाएको छ ।  माथिल्लो बाटोबाट पुन तल धकेलिएको छ । यसले बजार २२०० को वरिपरि नाचिरहने हो कि भन्ने आशंकालाई थप बल मिलेको छ ।

 

 

बिहीबारको नियमित कारोबारको शुरुवाती केही मिनेटमै नेप्से माथि उक्लिन खोजे पनि त्यो सार्थक भएन र पुन ओरालो लाग्नु पर्यो ? पहिलो घण्टामै उकालो ओरालो अनि उकालो गर्दै आजको उच्चतम विन्दु २२०१।६४ मा नेप्से पुग्यो । यसपछि चाहिँ नेप्से ओरोलो र सामान्य उकालो हुँदै कारोबारको अन्तिम केही मिनेटमा आजको न्यूनतम २१७७।९९ विन्दुमा नेप्से पुगे पश्चात  माथि २१८३।२१ मा बजार बन्द भयो ।

 

 

बुधबारकाे तुलनामा  बिहबार १७% ले भोलुम (कारोबार) घटेको छ । करिब दुई अर्ब ८६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा शुरुवाती १० मिनेटमा नेप्से बढ्दा भोलुम न्यून रहेको छ ।अन्तिम ३० मिनेटमा क्रमिक भोलुम बृद्दि हुँदा नेप्से घटदै गएको छ । अन्तिम १० मिनेटमा चाहिँ आजको तुलनात्मक उच्च भोलुमले नेप्सेलाई तल ओर्लनबाट थामेको छ । १० मिनेटको अन्तरमा आएका कुल सकारात्मक भन्दा नकारात्मक भोलुमको संख्या बढी रहेको छ । यसले बजारमा नेप्से घटने आंकलन गर्ने समूह केही हावी भएको संकेत गर्दछ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा तल तिर फर्कने क्रम निरन्तर नै रहेको छ । मध्ये र तल्लो रेखा भने माथि नै फर्केने क्रम जारी नै रहेको छ ।ब्यान्ड खुम्चनेक्रममा रहेको छ । नेप्से ब्यान्डभित्र रहेको छ ।नेप्से मध्ये रेखा तर्फ नजिकिदै गएको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखारहेको छ । यसै रेखालाई टेवा लिएर नेप्सेले आफ्नो दिशा परिवर्तन पनि गर्न सक्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप  बिहीबार पनि नेप्सेले तेस्रोअवरोधक (Resistance, R3)भन्दा माथि नै बसेकोछ । अबरोधक ब्रेक आउटलाई  क्रमश valid गरिरहेको छ ।नेप्से पुन ओरालो लागेमा तेस्रोअवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ । यसले नेप्से ओर्लेमा धेरै तल नजाने सम्भावना प्रकट गर्दछ ।

दुई दिनकाे काराेबारलाई हेर्दा नेप्से sideways मा रहेको छ । यस अवधिमा नेप्से पिभोट फिबोनाची (Pivot Fibonacci) को तेस्रो अवरोधक (Resistance, R3) मा आउँदै माथि गएको छ । यस अर्थमा नेप्से जसरी १८०० मुनि जान खोजेन वा  स्मार्ट मनीले नेप्सेलाई थाम्यो, त्यसरी नै नेप्से २१०० को तह मुनि जान खोजेको छैन वा थामेको छ ।

दुईचार दिन देखि भोलुम घटबढ भईरहेको छ । प्राविधिक पक्षलाई हेरेर कारोबार गर्ने धेरै लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको संकेत गर्दछ । किनभने नेप्सेलाई थप उचाई लिन २२०० को तहलाई नेप्सेले कटनु पर्ने चुनौती रहेको छ ।

बैंकमा तरलताको अबस्था सुध्रित हुँदै गएको समाचारहरु आईरहेको छ । तर समग्र अर्थतन्त्रमा चुनौती रहेको भनाईले स्मार्ट मनी  ठूला लगानीकर्ताहरु बजारमा केही हच्केका हुन कि भन्ने अनुमान पनि गर्न सकिन्छ । बिगतको क्यान्डलहरु हेर्दा बजारमा एउटा टप बनाएर तल ओर्लेको अबस्थामा यति लामो sideways मा बजार रहेको छैन । आगामी हप्ता यो sideways ले कुनै एक दिशा लिने अनुमान गर्न सकिन्छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com