के नेप्सेकाे करेक्सन सकिएको हो ?

आज नेप्से ओरालो लाग्दा लाग्दै दरिलो उकालो हाँकेको छ । जस अनुरुप करेक्सन सकिएको संकेत गरेको छ । प्राविधिकरुपमा क्यान्डल बारले तल पट्टि जति लामो पुच्छर बनाउँछ उति नै बजारले तलको विन्दु नकारेको ठहर्छ ।  बजार तल जानबाट कुनै अदृश्य तत्व वा समूहले वा आम मनो विज्ञानले रोकेको अनुमान गर्न सक्छौँ । विगतका क्यान्डलहरु हेर्दा जब जब बजारले दिशा परिवर्तन गर्छ तब माथिल्लो पट्टि लामो टुपी वा तल्लो पट्टि लामो पुच्छर बनाएको देखिन्छ । भोलि पुन बजारले २२०० को तहलाई तोडने प्रयास गर्ने प्रबल सम्भावना देखिएको छ ।

आजको नियमित कारोबारको शुरूवाती केही मिनेटमै नेप्सेको ओरालो लाग्ने क्रम करिब साढे १२ बजेसम्म रहयो । यतिवेला नेप्से आजको न्यूनतम विन्दु २१३९।८९ सम्म आयो । यसपछि संघर्षपूर्ण उकालो ओरालो लाग्दै नेप्से आजको उच्चतम विन्दु २१७३।२४ मा रहि बजार बन्द भयो ।

 

अघिल्लो दिनको तुलनामा आज २२% ले भोलुम (कारोबार)घटेको छ । करिब तीन अर्ब बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा शुरूवातमा नेप्से घटदा भोलुम न्यून रहेको छ । बजार उक्लिदा भोलुम पनि क्रमश माथि उक्लेको छ । अन्तिम १० मिनेटमा तुलनात्मक धेरै भोलुमले  उच्चतम विन्दुमा लगेको छ । १० मिनेटको अन्तरमा आएका सकारात्मक र नकारात्मक भोलुमको संख्या आज बराबर रहेको छ । यसले बजारमा नेप्से घट्ने आंकलन गर्ने समूह र बढ्ने आंकलनगर्ने समूह बिच बराबरीको अबस्था रहेको दर्शाउछ ।

Figure 1  प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथील्लो रेखा माथि फर्कन छोडेको छ । मध्ये र तल्लो रेखा भने माथी नै फर्केन क्रम जारी नै रहेको छ ।ब्यान्ड खुम्चन सक्ने क्रममा रहेको छ । नेप्से ब्यान्ड भित्र रहेको छ ।नेप्से मध्ये रेखा तर्फ नजिकिदै गएको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखाबाट रहेको छ । यसै रेखालाई टेवा लिएर नेप्सेले आफ्नो ढिशा परिवर्तन पनि गर्न सक्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आजपनिनेप्सेलेतेस्रोअवरोधक (Resistance, R3)मा टेवा लिएर माथी नै बसेकोछ । अबरोधक ब्रेक आउटलाईक्रमश valid गरिरहेको छ ।नेप्से पुन ओरालो लागेमा तेस्रोअवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।यसले नेप्से ओर्लेमा धेरै तल नजाने सम्भावना प्रकट गर्दछ ।

आज र अघिल्लो छ कारोबार दिन देखिनै नेप्से sideways मा रहेको छ । यस अवधिमा नेप्से पिभोट फिबोनाची (Pivot Fibonacci) को तेस्रो अवरोधक (Resistance, R3) मा आउदै माथी गएको छ । यस अर्थमा नेप्से जसरी १८०० मुनि जान खोजेन वा  स्मार्ट मनीले नेप्सेलाई थाम्यो, त्यसरी नै नेप्से २१०० को तह मुनि जान खोजेको छैन वा थामेको छ ।

भोली २२०० को खडकोमा नप्सेको परीक्षा रहने छ । नेप्सेले अर्को उचाई लिनलाई यस परीक्षामा सफल हुनु जरुरी छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com