२२०० कट्न नेप्सेलाई हम्मे हम्मे
नेप्सेको २२०० को खड्गाे आज पनि कटन सकेन । केहि अंकले कटिसकेको २२०० को विन्दुबाट पुन नेप्सेलाई तल ओर्लन कर लाग्यो । बजारमा बिष्णु पौडेल जादु केहि मत्थर भएको छ । जसलाई स्वाभाविक नै मान्नु पर्छ । किनभने संसारको जुनसुकै सेयर बजार पनि सधै बढेको बढ्यै गर्दैन र घटेको घट्यै पनि गर्दैन । प्राबिधिक सूचकहरुले बजार धेरै माथि गएको संकेत गरिनै सकेको थियो र करेक्सन आउने सम्भावना प्रकट गरेको थियो । यसै अनुरुप बजार अहिले चलिरहेको छ । यसै बमोजिम आज पनि बजारमा केरक्सन आएको छ ।
आजको नियमित कारोबारको शुरूवात उकालो तर्फको ग्याप ओपनिंगबाट भएको थियो । शुरुवाती केहि मिनेटमा नेप्से उकालो लागेर ओरालो लागेको थियो । आधी घण्टाको हाराहारीमा पुन उकालो लागेरआजको उच्चतम २२०३।१३ विन्दुमा नेप्से पुगेको थियो । तर २२०० को तहमा नेप्से अडन सकेन । १२ बजे पश्चात नेप्से क्रमश ओरालो लागेर नेप्से आजको अन्तिम विन्दु २१६५।१० मा रहि बजार बन्द भयो । नेप्सेको आजको तल्लो विन्दु २१६२।८३ रहयो ।
अघिल्लो दिनको तुलनामा आज २१% ले भोलुम (कारोबार)बढेको छ । करिब तीन अर्ब ८६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई ३० मिनेटमा बिभाजन गर्दा १२ बजे पश्चात भोलुम बृद्धि हुँदै जानुको साथै नेप्से पनि घटदै गएको छ । अन्तिम आधी घण्टामा तुलनात्मक भोलुम धेरै आउनुको साथै नेप्से स्वातै घटेको छ । यसले लगानीकर्तामा नेप्से थप घटने हो कि भन्ने त्रास रहेको संकेत गर्दछ । भोलि पुन नेप्सेलाई उकालो लाग्न कठिन हुने सम्भावना प्रकट गर्दछ ।
Figure 1 प्रत्येक ३० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा माथि फर्कन छोडेको छ । मध्ये र तल्लो रेखा भने माथि नै फर्केन क्रम जारी नै रहेको छ ।ब्यान्ड खुम्चन सक्ने सम्भावना रहेको छ । नेप्से ब्यान्डभित्र रहेको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखाबाट टाढा रहेको छ । साथै उकालो लागेमा पनि अबरोधक हुन सक्ने माथिल्लो रेखा टाढा नै रहेको छ । यसले नेप्से उकालो वा ओरालो लागेको दुबै परिस्थितिमा तत्काल नेप्सेले दिशा परिवर्तन नगर्ने सम्भावना प्रकट गर्दछ । sideways मा नेप्से जाने सम्भावनाको संकेत गर्दछ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज पनि नेप्सेले तेस्रोअवरोधक (Resistance, R3)मा टेवा लिन खोजेको छ । अबरोधक ब्रेक आउटलाईनकारि सकेको छैन ।नेप्से पुन ओरालो लागेमा तेस्रोअवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।यसले नेप्से ओर्लेमा धेरै तल नजाने सम्भावना प्रकट गर्दछ ।
नेप्से २२०० माथि बस्न नसके पनि यसैको हाराहारीमा स्थीर रहेमा कुनै पनि बेला २२०० कटन बल मिल्ने छ ।धेरै पछि तीनवटा बैंकको सेयर मूल्यले सर्किट छोएको छ भने दुईवटा बैंकको सेयर सर्किट मूल्यमै बजार बन्द भएको छ । अन्य बैंकको मूल्यमा केहि उछाल आउने हो भने नेप्सेलाई २२०० माथि बस्न हम्मे हम्मे हुने छैन ।
अहिले बैंकले दिने कर्जाबाहेक अन्य सम्पर्ण परिस्थितिहरु सकारात्मक छन । यस्तो परिस्थितिमा थप करेक्सन आउने सम्भावना न्यून छ । वारन बफेटको भनाई पुन सम्झनु उपयुक्त नै हुन्छः “बजार मात्तिएको बेला हामी डराउनु पर्छ । बजारले डराएको बेला हामी लोभिनु पर्छ ।“
तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया