हलेसी प्रतिष्ठानको १० औँ साधारण सभा भव्यताका साथ सम्पन्न

काठमाडौं । हलेसी प्रतिष्ठानको १० औँ साधारण सभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । लालसरा राईको अध्यक्षता र संघीय सांसद रामकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विशेष अतिथिको रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमलाको उपस्थिति थियो ।
कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ बडहरेका वडा अध्यक्ष किशोर कुमार बस्नेत र वडा नं. ८ का वडाध्यक्ष टेकराज राई, बुद्धिजीवी राजु बिक्रम चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।
माननीय राईले हलेसी क्षेत्र सुख्खा क्षेत्र भएपनि सो स्थान अन्न र अन्य वाली उत्पादनका हिसाबले जिल्लाको सबैभन्दा अब्बल रहेको बताए । सो क्षेत्रका घामपानी मिलेको खण्डमा जे पनि उत्पादन गर्न सकिने भएकाले जिल्लालाई आत्मनिर्भर बनाउन युवा पलायन रोक्नु पर्ने बताए भयो ।


जिल्लाको विकासमा आफु लागिरहेको बताउँदै सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरे । आफु खोटाङको विकास र प्रतिष्ठानको विकासमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रतिष्ठानको कार्यालय हलेसीमा निर्माण गर्न आफुले सहयोग गर्ने बताउँदै नयाँ बन्ने कार्य समितिलाई शुभकामना दिए ।
मेयर बिमला राईले नगर प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने बताइन् । हाम्रा समस्या के के हुन् । ती समस्याको जानकार पनि काठमाडौंमा बस्नेलाई धेरै थाहा हुने हुनाले समस्याको पहिचान गरी त्यसको निराकरणका लाग्न सकिने बताइन् ।


कार्यक्रममा बोल्दै दिनेश राईले सपनाको आकार सानो हुन्छ । त्यसको मूर्त रुपका लागि हामीले योजना अनुरुप काम गर्नुपर्ने बताए । हामीले चउरमा बसेर प्रतिष्ठान बनाउने कुरा गरेको स्मरण गर्छु । आज यो कार्यक्रममा बोल्न पाउँदा आफुले देखेको सपना राम्रो रहेछ भन्ने ठानेको बताए ।


वडा अध्यक्ष किशोर कुमार बस्नेतले अवको राजनीतिक नेतृत्वले सपना बाँडेर मात्र देश र जनताले खोजेको समृद्धि हासिल नहुने भन्दै प्रत्यक्ष सम्बोधन हुने काममा लाग्न सुझाव दिएका थिए । उनले आफुले चासो राखिरहेको प्रतिष्ठानमा अतिथि बन्न पाउँदा गर्व महसुस गरेको बताए ।
साधारण सभा सम्पन्न गर्नका लागि भुपेन्द्र कुमार राईको संयोजकत्वमा तीन निर्वाचन समिति बनाएर निर्वाचन गरिएको थियो । निर्वाचन कमिटीको सदस्यमा राजु बिक्रम चाम्लिङ र सुविन्द्र गिरी सदस्य रहेका थिए ।


प्रतिष्ठानको नयाँ कार्य समितिको अध्यक्षमा डेकेन्द्र राई चयन भएका छन् । उपाध्यक्षमा जीवनजित राई र देवश राई रहेका छन् । महासचिवमा उमेश राई र सचिवमा बोधराज पौडेल चयन भएका छन् । कोषाध्यमा नवीन राई र सहकोषाध्यक्षमा गीता राईलाई चयन गरिएको छ ।
सदस्यहरुमा गावन राई, लोकेन्द्र कार्की, लोचन्द्र राई, विदेश राई, धनेन्द्र राई, समेन्द्र राई, सिजाप राई, सुवास चन्द्र राई, निरकुमार मगर, निशा गिरी, सुनिता राना र अप्सरा गिरी चयन भएका छन् । कार्यक्रम पे्रष्टिज मिडिया हल चावहिलमा सम्पन्न भएको थियो ।