नेप्से २२०० को तहमा जब्बर बन्दै 

नेप्सेलाई २२०० को तह पार गर्नु फलामको च्यूँरा चपाउनु सरह भएको छ । आज पनि २२०० तह कटाउने प्रयास बिफल भयाे । यो प्रयास अर्को हप्तालाई थाती बसेको छ । यस्तै भोलुम पनि घट्दो क्रममा रहेको छ । विगतको भोलुम र टपबाट नेप्से ओर्लने सम्बन्धको विश्लेषण गर्दा नेप्से पनि टपमा पुगेको बेला तुलनात्मक भोलुम पनि टप मै रहेने गरेको थियो । तत् पश्चात भोलुम घटने र नेप्से पनि क्रमिकरुपमा घट्ने गरेको छ ।

१० जनवरीमा उच्च भोलुममा नेप्सेले गत बर्षको मे पश्चात हाल सम्मको उच्चतम विन्दु २२७७।६१ मा पुगेको थियो । यस पछि नेप्से घटेर साईडवेजको परिस्थितिमा रहेको छ र भोलुम घट्दै गएको । यसले कतै पुन नेप्से ओरालो लाग्ने पो हो कि भन्ने संशय पैदा भएको छ । ठूला लगानीकर्ताले अर्थ मन्त्री बिष्णु पौडेल सिन्ड्रोमलाई भरमजदुर  उपयोग गरेको हुन सक्ने सम्भावना प्रबल भएको छ ।

नेप्से शुरुवाती केहि मिनेटमा नै ओरालो लागेको थियो । आजको न्यूनतम विन्दु २१६३।१४ मा नेप्से पुगे पश्चात १ बजे सम्म संघर्षमय उकालो ओरालो गरि रहयो । १ बजे पश्चात २२०० कटाउने छाँटकाँट ल्याए पनि प्रयास सफल भएन । अन्तत छिट्टै साढे १ मै ओरालो र सामान्य उकालो गर्दै आजको अन्तिम विन्दु २१७८।८१ मा नेप्से रहि बजार बन्द भयो ।

 

अघिल्लो दिनको तुलनामा आज ३८% ले भोलुम (कारोबार) घटेको छ ।  करिब तीन अर्ब बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा आज करिब अन्तिम १० मिनेट बांकि रहँदासम्म स्थिर भोलुम आएको छ । अन्तिम १० मिनेटमा आएकोआजको तुलनात्मक बढी भोलुमले नेप्सेलाई माथि धकेलेर हिजो तुलनामा माथी नै रहन सहयोग गरेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो रेखा माथि फर्कन छोडेको संकेत गरेको छ । मध्ये र तल्लो रेखा भने माथि नै फर्केन क्रम जारी नै रहेको छ । आगामी साता तीन वटै रेखाले माथि फर्कन छोडेमा नेप्से साईड वेजको यात्रा गर्ने संभावनालाई संकेत गर्छ । नेप्से ब्यान्डभित्र रहेको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखा टाढा रहेको छ । साथै उकालो लागेमा पनि अबरोधक हुन सक्ने माथिल्लो रेखा टाढा नै छ । यसले नेप्से उकालो वा ओरालो लागेको दुबै परिस्थितिमा तत्काल नेप्से दिशा परिवर्तन नगर्ने सम्भावना प्रकट गर्दछ ।  यसले पनि sideways मा नेप्से जाने सम्भावनाको संकेत गर्दछ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज पनि नेप्सेले तेस्रोअवरोधक (Resistance, R3) मा टेवा लिन खोजेको छ । अबरोधक ब्रेक आउटलाई नकारी सकेको छैन । नेप्से पुन ओरालो लागेमा तेस्रोअवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।

नेप्से २२०० माथि बस्न नसके पनि यसैको हाराहारीमा स्थिर रहेमा कुनै पनि बेला २२०० कटन बल मिल्ने छ । अहिले बैंकले दिने कर्जा बाहेक अन्य सम्पूर्ण परिस्थितिहरु सकारात्मक छन् । यस्तो परिस्थितिमा थप करेक्सन आउने सम्भावना न्यून छ । वारन बफेटको भनाई पुन सम्झनु उपयुक्त नै हुन्छः “बजार मात्तिएको बेला हामी डराउनु पर्छ । बजारले डराएको बेला हामी लोभिनु पर्छ ।“

तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com