नेप्से २२०० को तहमा बस्ने आशा निराशामा परिणत

नेप्से आज २२०० माथि बस्ने आशा पुरा भएन । नेप्सेले २२०० विन्दुलाई नाघे पनि यसमा स्थीर हुन सकेन । अन्तत २२०० को तह मुनी नै नेप्से बसेको छ । प्राविधिकरुपमा नेप्सेले आज पनि पिभोट फिभोनाची तेस्रो अबरोधक रेखामा टेवा लिन खोजेको छ । तर तेस्रो अबरोधक रेखा सम्म आईपुगेको छैन ।

नेप्से शुरुवाती पहिलो घण्टामा उकालो ओरालो गर्दै आजको उच्चतम विन्दु २२१४।७८ सम्म नेप्से पुगेको थियो । तत् पश्चात निरन्तर ओरालो र सामान्य उकालो गर्दै रहयो । कारोबारको लागी अन्तिम १५ मिनेट समय बाँकी रहँदा नेप्सेले आजको न्यूनतम विन्दु २१६६।३५ मा पुगेपछि केहि उकालो लागेर बजार बन्द भयो ।

अघिल्लो दिनको तुलनामा आज २५% ले भोलुम (कारोबार)बढेको छ । यानी करिब पाँच अर्ब बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा आज करिब स्थीर तरिकाले आएको भोलुमले शुरुको पहिलो घण्टा बजारलाई माथि लान खोजे पनि त्यो सफल हुन सकेन अन्तिम १० मिनेटमा आजको तुलनात्मक बढी भोलुमले नेप्सेलाई माथि धकेलेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखा माथि तिर फर्कने क्रम जारी नै रहेको छ । यसले नेप्सेको उकालो यात्राको सम्भावना प्रकट गर्दछ । नेप्से ब्यान्ड भित्र रहेको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखा टाढा रहेको छ । साथै उकालो लागेमा पनि अबरोधक हुन सक्ने माथिल्लो रेखा टाढा नै छ । यसले नेप्से उकालो वा ओरालो लागेको दुबै परिस्थितिमा तत्काल नेप्से दिशा परिवर्तन नगर्ने सम्भावना प्रकट गर्दछ ।यानी sideways मा नेप्से जाने सम्भावनाको संकेत गर्दछ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज पनि नेप्सेले तेस्रोअवरोधक (Resistance, R3) मा टेवा लिन खोजेको छ । अबरोधक ब्रेक आउटलाईनकाटी सकेको छैन ।नेप्से पुन ओरालो लागेमा तेस्रोअवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।

नेप्सेले २२०० को तहकटेर तेस्रो पटक यस मुनि झरेको छ । अब भोलि नेप्सेले २२०० माथि बस्ने अर्को प्रयास गर्छ कि गर्दैन ? यो महत्वपूर्ण बिषय रहेको छ । भोलुम बढनु सकारात्मक रहेको छ । प्राबिधिकरुपमा पनि नेप्सेले थप उचाई तय गर्न २२०० को तह मा स्थीर हुन र २४०० को लक्ष्य भेटाउनु जरुरी छ ।

अहिले बैंकले दिने कर्जा बाहेक अन्य सम्पर्ण परिस्थितिहरु सकारात्मक छन । यस्तो परिस्थितिमा थप करेक्सन आउने सम्भावना न्यून छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com