नेप्से २२०० को तह तोड्ने मुडमा
अघिल्लो साताको अन्तिम दिन ओरालो झरेको नेप्सेले पुन उकालो लाग्ने छाँटकाँट देखाएको छ । अघिल्लो साताको दुई दिन आएको करेक्सन आज समाप्त भएको संकेत गरेको छ । तर भोलुम घटेको छ । सायद लगानीकर्ताहरु २२०० को तहलाई पर्ख हेरको रणनीतिमा रहेको हुन सक्दछ ।
नेप्से सुरुवाती पहिलो घण्टामा ओरालो उकालो लागेको थियो । १२ बजे पश्चात नेप्से निरन्तर उकालो लाग्यो । कारोबारको लागी अन्तिम १५ मिनेट समय बाँकी रहँदा नेप्सेले आजको उच्चतम बिन्दु २१८७।७९ मा पुगेपछि केहि ओरालो झरेर पुन माथि सरेर अन्तिम २१८२।१८ विन्दुमा बजार बन्द भयो ।
अघिल्लो दिनको तुलनामा आज ३५% ले भोलुम (कारोबार)घटेको छ । करिब तीन अर्ब ७२ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा आज करिब स्थिर तरिकाले आएको भोलुमले बजारलाई क्रमश माथि धकेल्दै लगेको छ । अन्तिम १० मिनेटमा आजको तुलनात्मक बढी भोलुमले नेप्सेलाई थप तल ओर्लन थामेको छ ।
Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band) को तीनवटै रेखामाथि तिर फर्कने क्रम जारी नै रहेको छ । यसले नेप्सेको उकालो यात्राको सम्भावना प्रकट गर्दछ । नेप्से ब्यान्ड भित्र रहेको छ । तल झरेमा टेवा लिन सक्ने स्थान मध्य रेखा टाढा रहेको छ । साथै उकालो लागेमा पनि अबरोधक हुन सक्ने माथिल्लो रेखा टाढा नै छ । यसले नेप्से उकालो वा ओरालो लागेको दुबै परिस्थितिमा तत्काल नेप्से दिशा परिवर्तन नगर्ने सम्भावना प्रकट गर्दछ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज पनि नेप्सेले तेस्रो अवरोधक (Resistance, R3) मा टेवा लिएको छ । अबरोधक ब्रेक आउटलाई नकारी सकेको छैन । यसैमा टेवा लिएर बजारमाथि जान सक्ने अघिल्लो सम्भावना मिलेको छ । नेप्से पुन ओरालो लागेमा तेस्रो अवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।
भोलि नेप्सेले पुन २२०० को तहलाई पुन परीक्षण गर्ने छ । नेप्सेले दोस्रो पटक पुन २२०० माथि बस्ने प्रयास गर्ने सम्भावना छ । प्राबिधिकरुपमा पनि नेप्सेले थप उचाई तय गर्न २२०० को तह मा स्थिर हुन र २४०० को लक्ष्य भेटाउनु जरुरी छ ।
ठूला लगानी कर्ता जसको पैसालाई smart money पनि भनिन्छ र सर्वसाधारण लगानीकर्ता दुवै सयेर बजारको महत्पूर्ण चलायमान तत्व हुन । एक अर्का विना सेयर बजार चल्दैन । सर्वसाधारण लगानीकर्ताहरु ठूलाको माछा हुनबाट जोगिनु जरुरी छ । धेरै लोभ गर्दा पोल्टाको पनि पोखिने तर्फ सचेत हुनु पर्दछ ।
अहिले बैंकले दिने कर्जाबाहेक अन्य सम्पर्ण परिस्थितिहरु सकारात्मक छन । यस्तो परिस्थितिमा थप करेक्सन आउने सम्भावना न्यून छ ।
तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया