झापामा फस्टाझापामा फस्टाउँदै जडीबुटी खेतीउँदै जडीबुटी खेती
अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो ।
यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । मेचीनगर–१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन् ।
कुलायन नेचुरल हर्बल उद्योग आफैँले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ । कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ ।
उद्योगले उत्पादन गरेको सुगन्धित तेल सिधै युरोप र अमेरिका निर्यात हुन्छ । गत वर्ष सरकारले विदेशी मुद्रा भित्र्याउन योगदान पु¥याएवापत उद्योगलाई सम्मान गरेको थियो । उद्योग आफैँले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको थियो । उद्योगले स्थानीय कृषकहरूलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नंं १०, १३, १४ र १५ मा धानखेत मासेर किसानले जडीबुटीका बिरुवा रोप्न थालेका हुन् ।
“थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिघामा पचौली रोपेँ”, अर्जुनधाराका डम्बर चौधरीले भन्नुभयो, “दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ । आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच बिघामा लगाएको छु ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया