अपेक्षा गरिएको सेयर बजार झन्झन् ओरालो

नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि उन्मातिएको सयेर बजारले आज विश्राम लिएको छ । नप्से  बजार उकालो ओरालो गरिरहन्छ । अस्ति मंगलबारको दिन २२७७।६१ को टुप्पोमा पुगेर ओरालो लागेको बजार आज पनि ओरालो यात्रामै टुंगिएको छ ।  पौडेलको नामबाट पम्प भएको बजार केहि समयलाई डम्प हुने अनुमान गर्न सकिन्छ । अर्थतन्त्र र राजनैतिक सूचकहरु सकारात्मक हुँदा पनि अस्ति र आज नेप्सेमा पहिरो लाग्नुको कारण नेपालको सेयर बजारमा ठूला लगानीकर्ताको हालीमूहाली हुनु हो । बचतमा दिने १% बैक ब्याज दर घटेको छ । तर ऋणमा ब्याज दर घटन अझै तीन महिना लाग्छ । अर्को महिना पुन बचतमा ब्याज दर बढेमा ऋणको ब्याज दर घटनेवाला छैन । यसमा सर्वसाधारण लगानीकर्ताले हेक्का राख्नु पर्ने विषय भनेको ऋणको ब्याज दर हो जसले सेयर बजारलाई असर गर्दछ । सेयर बजारमा ठूला वा आंटि लगानीकर्ताले चलाउने भनेको रिनमा बैंकको पब्लिक पैसा हो । जति रिनको ब्याज बढछ त्यसको दुई गुणा वढि सेयर बजारमा गरिने लगानीको जोखिम बढछ । तसर्थ रिनको ब्याज उल्लेखीय मात्रामा नघटे सम्म बैकको सामान्य ब्याज दरको घटबढले उल्लेखनीय मात्रामा सेयर बजारलाई वास्तविक असर गर्दैन । तर सर्वसाधरणामा अफवाह फैलाउन चाहिँ पर्याप्त रहेको छ ।

आज प्रकाशित एक तथ्यांक अनुसार बैकबाट हुने ऋण प्रवाह कसी कसाउ अबस्थामा नै रहेको छ । ऋणको प्रवाह अघिल्लो वर्षको तुलनामा निकै घटेको छ । पछिल्लो छ महिनाको ऋण प्रवाह दर पनि बढेको छैन । यसलाई आधार मान्दा नयाँ सरकार गठन पछि भएको अर्वौको कारोबारमा बैकको ऋण रकम परिचालन नभएको भन्न सक्छौ । अब प्रश्न उठ्छ यत्रो पैसा आयो कहाँबाट ? एक दिनमा हुने चार अर्व, पाँच अर्व र सात अर्वको कारोबार भनेको एक बर्ष अगाडि हुने कारोबार रकमहरु हुन जुन बेला देशमा तरलता अभाब थिएन र बैंकको ब्याज दर पनि कम थियो । यस अर्थमा अहिले भएको अर्वौको कारोबारमा सर्वसाधारणको खल्तीको पैसा लागेको छ । कतै पौडलको नाममा ठूला लगानीकर्ताले आम लगानीकर्ताको मनोविज्ञानलाई राम्ररी उपयोग गरे कि भन्ने शंकाको पुष्टि हुन्छ ।

शुरुवाती केहि मिनेटमा उकालो लाग्न खोजेको बजार तत् पश्चात सामान्य छक्याउने उकालो लाग्दै अन्तिममा नेप्से आजको न्यूनतम विन्दु २१४९।३९ मै रहि बजार बन्द भयो ।

 

मंगलबारकाे तुलनामा आज २९% ले भोलुम (कारोबार)घटेको छ । करिब दुई अर्ब बराबरको कारोबार घटेको छ । संयोग वा नियत अस्ति मगलबार तीब्र उतार चढाव भएका कम्पनीहरुको कुल कारोबार रक्म पनि दुई अर्ब बराबरकै रहेको थियो । कुल कारोबार समयलाई ३० मिनेटमा बिभाजन गर्दा पहिलो आधी घण्टामै १ अर्व बरावरको भोलुमले उकालो लागेको नप्सेलाई तल तानेको छ । तपश्चात आएको भोलुमले नेप्सेलाई ओरालो नै दोहोर्यायो । अन्तिम आधी घण्टाको भोलुमले नेप्सेलाई थप ओर्लनबाट चाहिँ रोकेको छ ।

Figure 1 प्रत्येक ३० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखा माथि तिर फर्केको छ । यसले नेप्सेको उकालो यात्राको सम्भावना प्रकट गर्दछ । तर तल झरेमा टेवा लिन सक्ने स्थान मध्ये रेखा टाढा रहेको देखाएको छ । नेप्सेको करेक्सन दुई चार दिन कायम रहने सम्भावनाको संकेत गरेको छ । नेप्से करेक्सन भई ब्यान्डभित्र रहेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज नेप्से तेस्रोअवरोधक (Resistance, R3) मा टेवा लिएको छ । अबरोधक ब्रेक आउटलाई नकारी सकेको छैन । यसैमा टेवा लिएर बजारमाथि जान सक्ने सम्भावना पनि प्रकट गर्दछ ।  नेप्से पुन ओरालो लागेमा दोस्रो अवरोधक (Resistance, R2) मा टेवा लिन सक्ने छ ।

ठूला लगानी कर्ता जसको पैसालाई smart money पनि भनिन्छ र सर्वसाधारण लगानीकर्ता दुवै सयेर बजारको महत्पूर्ण चलायमान तत्व हुन । एक अर्का विना सेयर बजार चल्दैन । सर्वसाधारण लगानीकर्ताहरु ठूलाको माछा हुनबाट जोगिनु जरुरी छ ।

नेप्सेले २२०० को तहमा स्थायित्व लिन सकेन । सयेर बजार जोखिम र प्रतिफलको आकर्षक थलो हो । यसमा लोभ र डर दुबै मिसिएको हुन्छ । मुख्यरुपमा धेरै लोभ गर्दा भुईको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्छ भने धेरै डराउदा कागले टपप्पक टिपेर लान सक्छ ।

प्राबिधिक औजारका संकेतहरुले बजारमा करेक्सन आउने सम्भावना गरकै थियो । यसलाई आम लगानीकर्ताले कति पत्याए ? पत्यार उपयोग गर्नेलाई पक्कै पनि अहिले सन्तोषको श्वास फेर्दै हुनुहुन्छ होला । आज पुन “The wolf of wall street “ फिल्मको डायलग दोहोर्याउनु सान्दर्भिक हुन्छ । Bulls get paid, Bears get paid but Pigs get slaughtered. अर्थात बजार ओरालो लानेले पनि कमाउँछ बजारलाई उकालो लगाउनेले पनि कमाउँछन् । अन्त्यमा  क्षति हुने भनेको नादान शुतुर्मुग लगानीकर्ताहरु नै हुन् ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com