पम्प एण्ड डम्पमा आशंकित कम्पनीहरु
मंगलबार नेप्सेमा एकै दिन ९९ अंकको तल माथि भयो । नेप्से अघिल्लो दिनको तुलनामा २१।३४ अंकले घटेर २१९०।४२ विन्दुमा बसेको थियो । मगलबारको नेप्सेको उतार चढावलाई स्वभाविक मान्न सकिदैन । यस भन्दा अगाडीको बिवेचनामा हामीले सम्भावित पम्प एण्ड डम्पलाई ईगित गरेका थियौँ । यसै सन्दर्भमा हामीले कम्पनीहरुको यस दिनको individual मूल्यहरुको उतार चढाव विशलेषण यहाँ प्रस्तुत गरेका छाैँ ।
नेपालको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य एक कारोवार दिनमा अघिल्लो दिनको तुलनामा बढीमा १०% सम्म बढन सक्छ भने घटेमा न्यूनतम १०% सम्म घटन सक्छ । अर्थात कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिन १०० रुपैया थियो भने आजको दिन वढीमा ११० रुपैयाँ सम्म कारोबार हुन सक्छ भने घटेमा ९० रुपैया सम्म कारोबार हुन सक्छ । दुबै अबस्थामा पुगेको सेयर मूल्यलाई सर्किट लागेको मूल्य भनिन्छ ।
एकै दिन कुनै पनि सेयरको मूल्यमा सकारात्मक र नकारात्मक सर्किट लेभलमा कारोबार हुन्छ भने यसलाई स्वभाविक कारोबार मान्न सकिदैन । यस्तो अबस्था कहिले काहिँ एक दुईवटा कम्पनीमा हुने गरेको छ । तर मंगलबारको कारोबारमा ४६ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार हुनुको साथै यसै दिन मूल्य घटेर न्यून तथा नकारात्मक तहमा सम्म कारोबार भयो । यी ४६ वटा कम्पनीका घट बढको फराकिलो पन ८ देखि १६ % सम्म रहेको छ । यी ४६ वटा कम्पनी, मंगलबार कारोबार भएका कुल २०९ को २२% हुन जान्छ । यी ४६ वटा कम्पनीको जम्मा कारोबार रकम दुई अर्ब २१ करोड बराबरको रहेको छ । यस दिनको कुल कारोबार रकमको २९% हिस्सा रहेको छ ।
घट बढको फराकिलोपनलाई तीन तह वर्गीकरण गरी निम्न टेबलमासम्बन्धित कम्पनीहरु प्रस्तुत गरिएको छ ।
पम्प एण्ड डम्प गर्नु गैर कानूनी कार्य हो । यस सम्बन्धमा सूक्ष्म अध्ययन आवश्यक हुन्छ । यसैको मुल जिम्मेवारी नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा रहेको छ । नेपाल धितोपत्र बोर्डले भित्रि सूचनाको आधारमा कारोबार गर्ने ठूला कारोबारीलाई कार्वाहिको दायरामा ल्याउने सर्हानीय कार्य थालनी गरेको छ । यसरी नै पम्प एण्ड डम्प गर्ने कारोबारीलाई पनि कार्वाहिको दायरामा ल्याउने हो भने सेयर बजारबाट सर्व साधारण लगानीकर्ता सधैं ठगिनु पर्ने अबस्था न्यून हुँदै जानेछ ।
तथ्यांक स्रोतः www.nepalstock.com.np।
फेसबुकबाट तपाईको प्रतिक्रिया