नेप्सेले थाल्याे पम्प एण्ड डम्पकाे खेल
नेपालको सेयर बजारमा प्राबिधिक विश्लेषणले काम गर्दैन भन्ने आमधारणा रहेको छ । तर यो धारणा पूर्ण सत्य होईन भन्ने साबित नेपालको सेयर बजारले आज देखाएको छ । किनभने विगत केहि दिन देखि विभिन्न प्राबिधिक सूचकहरुले करेक्सन आउनु पर्ने संकेतहरु दिईरहेकाे छ । यसभन्दा अघिल्ला अंकहरुमा पनि हामीले संकेतहरुको उल्लेख गरेका थियौँ । बजारमा प्राबिधिक विश्लेषणले शतप्रतिशत काम संसारको कुनै पनि देशको सेयर बजार गरेको छैन । प्राबिधिक विशलेषणको precision नेपालमा कम होला विकसित मूलुकमा धेरै हुन सक्छ ।
प्राबिधिक विश्लेषणबाट देखिने सम्भावित संकेतहरु कुनै जोखाना होईन ।प्राबिधिक विश्लेषणले सेयर बजारका अंकहरुलाई गणितीय शुत्रमा बाँधेर सम्भावित संकेतहरुको प्रक्षेपण गर्ने गर्छ । हुन त अहिले धेरैले आफ्नो ज्ञानर विवेकबाट प्राविधिक विश्लेषण गरि युटुब, सामाजिक संजाल अनि मिडिया प्रकाशन गर्ने गरेका छन् । यस्तो गतिबिधी सेयर बजारलाई वैज्ञानिकता तर्फ दोहोर्याउनको लागी आवश्यक छ । तर केहि प्रायोजित कथित प्राबिधिक विश्लेषणहरु पनि देखिने गरेका छन । जसले आफूखुसी धर्का तानेर यतिमा बजार पुग्छ उतिमा बजार झर्छ भनेर हौस्याउने, जोस्याउने र तर्साउने गरेका छन । यसबाटसर्वसाधारण लगानीकर्ताहरु सचेत हुनु जरुरी छ ।
हिजो २२०० को तह माथि बसेको नेप्से आज यस मुनि आएर बजार बन्द भएको छ । त्यस्तै गत वर्षको फ्रेबुअरीको पहिलो साता आठ अर्वको कारोबार भएपछि आज पहिलो चोटी आठ अर्व नजिकको कारोबार भएको छ । त्यसबेला नेप्से २८७६ को विन्दुमा रहेको थियो र भोलुमको संकेत रातो थियो । आज नेप्से २१९० को विन्दुमा बसेको छ र भोलुमको सकेत चाहि रातो नै रहेको छ ।
प्राबिधिक सूचकहरुले करेक्सन आउनु पर्ने संकेत दिएको भएतापनि यो करेक्सन कतिको स्वभाविक हो त ?
शुरुवाती आधी घण्टासम्म उकालो ओरालो गरेको नेप्सेले १२ बजे पश्चात कस्सिएर उकालो लाग्यो । तर उकालो यात्रा छिटै नै पौन १ तिर नै सकियो । आजको उच्चतम विन्दु २२७७।६१ मा नेप्से पुगे पश्चात दर्हो ओरालो लाग्यो र आजको न्यूनतम विन्दु २१७८।१९ सम्म झरे पश्चात उकालो लाग्ने प्रयास गर्दा गर्दै अन्त्यमा २१९०।४२ विन्दुमा नेप्से झरेर बजार बन्द भयो । नेप्सेले आज भेट्टाएको उच्चतम विन्दु र न्यूनतम विन्दु बिचको फरक फराकिलो रहेको छ । करिब ९९ अंकको फरक रहेको छ, जुन स्वभाविक होईन ।
अघिल्लो दिनको तुलनामा आज ३१% ले भोलुम (कारोबार) बढेको छ । आज कुल ७ अर्ब ६५ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई ३० मिनेटमा बिभाजन गर्दा पहिलो ३ वटा आधी घण्टामा कुल साढे दुई अर्वको भोलुमले नेप्से उच्चतम विन्दुमा पुगेको थियो भने तत् पश्चात क्रमैसँग ओरालो लागेको थियो । बाँकी ५ वटा आधी घण्टामा सवा ५ अर्व बराबरको कारोबार भएको छ । नेप्से उच्च दरमा उकालो लाग्दाको भोलुम भन्दा ठाडो ओरालो लाग्दाको भोलुम दुई गुणाले बढी छ । यसले बजारमा ठूला लगानीकर्ताले pump & dump गरेन भन्न सक्ने अबस्था छैन ।
Figure 1 प्रत्येक ३० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा विपरित दिशा तर्फ फुक्ने क्रम मत्थर हुँदै गएकोछ भने मध्ये रेखा माथितिर फर्कने क्रम जारी नै रहेको छ ।तल्लो रेखा माथितिर फर्कने संकेत जारी नै रहेकोछ ।आजब्यान्ड बाहिर गएको नेप्से करेक्सन भई ब्यान्ड भित्र आएको छ । बोलिंजर ब्यान्डको मान्यता अनुरुप ब्यान्ड बाहिर गएको विन्दु ब्यान्डभित्र आउनु पर्दछ । यसले आगामी दिनमा बजारको उतारचढाव कम हने सम्भावनालाई संकेत गर्दछ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आजपनि नेप्से तेस्रो अवरोधक (Resistance, R3) सम्म नआई माथि नै बसेको छ । यसले अबरोधक ब्रेक आउटलाई जारी नै राखेको छ । नेप्से पुन ओरालो लागेमा तेस्रो अवरोधक (Resistance, R3) मा टेवा लिई माथि जान सक्ने सम्भावना रहन्छ ।
ठूला लगानी कर्ता जसको पैसालाई smart money पनि भनिन्छ र सर्वसाधारण लगानीकर्ता दुवै सयेर बजारको महत्पूर्ण चलायमान तत्व हुन । एक अर्का विना सेयर बजार चल्दैन । सर्वसाधारण लगानीकर्ताहरु ठूलाको माछा हुनबाट जोगिनु जरुरी छ ।
२२०० तह कटेर माथि बस्नु नेप्सेलाई थप उचाई प्राप्त गर्नको लागी महत्वपूर्ण कोशेढुंगा रहेको छ ।
आजको करेक्सनलाई झरेक्सन भन्नाको तात्पर्य बजार झरेको नभई झारेको हो कि भन्नै हो । भोलुम र नेप्सेको यात्राको सम्बन्धले यसलाई पुष्टि गर्दछ । कतै विष्णु पौडल सिन्रड्रोमलाई ठूला लगानीकर्ताले मज्जाले उपयोग पो गरे कि ? विष्णु पौडललाई उपयोग गरेर Pump and dump प्रयोगको theory पुष्टि हुने नहुने आगामी दिनका कारोबारले गर्नेछ ।
आज पुन वारेन बफेटको भनाई हामीले सम्झनु आवश्यक छः “जव जब बजार हौसिन्छ, तब हामी डराउनु पर्छ । जब जब बजार डराउँछ, हामी लोभिनु पर्छ ।“
तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया