२२०० काे सीमा तोड्न साँढेलाई सकस
सेयर बजारमा “बुल” यानी “साँढे” र “बियर” यानी “भालु” निकै प्रयोग हुने र चर्चित शब्ढहरु हुन । साँढे मात्तिएको बेला कुनै पनि बस्तुलाई उछाल्दै जान्छ भने भालु बौलाएको बेला कुनै पनि बस्तुलाई आफ्नो पन्जाले ढबाउदै लान्छ । यस कारण बढदो बजारलाई साँँढेमय बजारसँग तुलना गरिन्छ भने घट्दो बजारलाई भालुमय बजार भनि तुलना गरिन्छ ।
अहिले नेपालको सेयर बजारले साँढेमय लय समातेको छ । नयाँ सरकार गठन पछि निरन्तर बजार बढ्दो ट्रेन्डमा रहेको छ । नेप्सेलाई २२०० को खड्गाे पार गर्नु पर्ने चुनौती रहेको छ । आज र बिहीबारकाे नेप्सेको गति हेर्दा २२०० को महत्वपूर्ण खडको पार गर्न साँढेले केहि पछाडि सर्दै शक्ति संचय गर्दै अगाडि जाने लय देखाएको छ । यानी प्रत्येक दिन नेप्से एक उच्च विन्दुमा पुग्ने अनि केहि पछाडि सरेर बजार बन्द हुने गरेको छ । नेप्सेले आज झण्डै झण्डै २२०० को विन्दु छुन खोजेको थियो । तर नछोई पुन पछाडि फर्केको थियो । यस अर्थमा साँढेले पछाडि सरेर बल लिएर पुन शान्दारकासाथ २२०० को तह पार गर्न खोजेको हो कि भनी अनुमान गर्न सक्छौ?
शुरुवाती आधी घण्टासम्म नेप्सेले केहि ओरालो उकालो हिडनु पर्यो । यसै समायवधी भित्र नेप्सेले आजको न्यूनम विन्दु २१२६।४७ लाई भेट्टायो । १२ बजे पश्चात नेप्से निरन्तर उकालो लाग्यो । नेप्सेले २ बजे तिर आजको उच्चतम विन्दु २१९१।६९ भेट्टाए पश्चात केहि ओरालो लाग्यो र २१६४।२१ को विन्दुमा बजार बन्द भयो ।
बिहीबारकाे तुलनामा आज ८% ले भोलुम बढेको छ । आज कुल ५ अर्ब ४६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा सकारात्मक (हरियो) भोलुमले नकारात्मक (रातो) भोलुमलाई जितेको छ । यसबाट हामी बजारमा किन्ने समूहहावी रहेको भन्न सक्छौँ । आज अन्तिम १० मिनेटमा तुलनात्मक उच्च भोलुम आएको छ र बजारलाई तल झर्न रोकेको छ ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा विपरित दिशा तर्फ बेस्कनफुक्ने क्रम जारी नै रहेको छ भने मध्ये रेखा माथितिर फर्कने क्रम जारी नै रहेको छ अझै तल्लो रेखा माथितिर फर्कन शुरु गरेको छैन ।आजनेप्से ब्यान्ड बाहिर गएर माथिल्लो रेखामा बसेको छ । माथिल्लो रेखालाई पछ्याउदै नेप्से माथि गईरहेको आज आठौ दिन रहेको छ । यसरी धेरै दिन पछ्याईरहने सम्भावना कम हुने गर्दछ । नेप्सेमा करेक्सन आउन सक्ने सम्भावना प्रबल रहेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज नेप्सेले तेस्रोअवरोधक (Resistance, R3) मा टेवा लिएर माथि नै बसेको छ । यसले अबरोधक ब्रेक आउटको संकेत गरेको छ । यानी नेप्सेले अर्को उच्चतम उचाई लिने सम्भावना प्रकट गर्दछ । भोलि यसको कन्फर्मेशन हुनेछ । तत् पश्चात नेप्से २४०० सम्म जाने सम्भावना बढने छ ।
सेयर बजारमा आटिने र मातिने मनोभाववाट मुख्यत सर्वसाधारण लगानीकर्ता मुक्त हुनुपर्दछ । सेयर बजार सधै ओरालो पनि लाग्दैन र सधै उकालो लागी पनि रहदैन । धेरै लोभ गर्दा भुईको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ । धेरै डराउदा कागले टपक्क टिपेर पनि लान सक्छ । जोखिम र प्रतिफल, सेयर बजारको मूख्य सुन्दर र मथिङग्ल खल्बल्याउने तत्व हो ।
२६ गते नयाँ सरकारले संसदमा विश्वासको मत लिने भएको छ । राजनैतिक माहौल कस्तो हुन्छ यस दिन फैसला हुँदैछ । विश्वासको मत सरकारले प्राप्त नगरेमा सेयर बजार ओरालो लाग्नु पर्ने नियति हुन सक्छ । भोलि सर्वसाधारण लगानीकर्ताले “पर्ख र हेरको” रणनीति वा लोभमुक्त जोखिम उठाउन सकिन्छ ।
तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया