सुस्तरी नेप्से २२०० कट्ने मुडमा

आज एक वर्ष पछि करिब पाँच अर्बको कारोबार भएको छ । गत फेब्ररीमा अन्तिम ५ अर्बको करोबार भएको थियो । त्यति बेला नेप्से २७०० को विन्दुमा थियो । आज भोलुमको कारण नेप्से ओरालो लागेन् । आज उच्च अंकले मूल्य बृद्धि हुने कम्पनीहरुमा हाईड्रो र लघुवित्त कम्पनीहरुकै हावी रहयो ।

शुरुवाती पहिलो एक घण्टाको समयमा नेप्सेमा निकै नै उतारचढाव भयो । शुरुवाती केहि मिनेटमा नै नेप्सेले आजको उच्चतम विन्दु २१६०।७३ लाई भेट्टायो । करिब १२ बजेतिर आजको न्यूनतम विन्दु २११३।३२ लाई छोए पश्चात केहि उक्लिएर नेप्से स्थीर रह्यो । कारोबारको अन्तिम १ घण्टामा पुन केहि उकालो लागी आज नेप्सेले २१४३।९३ विन्दुमा यो हप्ताको लागी विश्राम लियो ।आज नेप्सेको उकालो यात्रा हिजोको तुलनामा सम्हालिएर माथि बढन खोजेको देखिन्छ, जुन २१०० को तहमा दिगो हुनको लागी आवश्यक रहेको छ । यसरी नै केहि समय सुस्तिएर उकालो लागेमा २२०० को अबरोध कटनलाई नेप्सेलाई बल मिल्ने छ । जसरी २००० र २१०० को तह कटन नेप्से केहि सुस्ताउन परेको थियो । नेप्सेलाई अर्को उचाई भेटाउन २२०० को खडको टार्नु महत्वपूर्ण कदम रहेको छ ।

नेप्सेलाई आज करेक्सन आउनबाट भोलुमले बचाएको छ । शुरुवाती १ घन्टामा बजार उतारचढाव हुँदा करिब १ अर्व ६१ करोडको कारोबार भएको थियो । शुरुवाती १ घन्टामा डेढ अर्वको कारोबार पनि करिब १ वर्ष पछि भएको छ । बिचको दुई घण्टा समयमा भोलुम सुस्ताउनुको साथै तुलनात्मक न्यून भोलुम रहयो भने अन्तिम एक घण्टामा पुन १ अर्ब ५९ अर्बको भोलुम आई बजारलाई तल झर्न रोकेको थियो । आज कुल ५ अर्ब बराबरको कारोबार भएको छ ।कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा सकारात्मक (हरियो) भोलुम र नकारात्मक (रातो) भोलुम बराबर रहेको छ ।यसबाट हामी बजारमा बेच्ने र किन्ने समूह बराबरीरुपमाहावी रहेको भन्न सक्छौ । आज अन्तिम १० मिनेटमा तुलनात्मक उच्च भोलुम आएको छैन र यस भोलुमले नेप्सेलाई माथि थेग्ने प्रयास गरेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा विपरित दिशा तर्फ बेस्कनफुक्ने क्रम जारी नै रहेको छ भने मध्ये रेखा माथितिर फर्कने क्रम जारी नै रहेको छ । अब तल्लो रेखा पनि माथि तिर फर्कन शुरु गरेमा बजार माथि जाने संम्भावना झन बलियो हुदै जानेछ । आज पनिनेप्से ब्यान्ड भन्दा बाहिर बसेको छ । नेप्से पुन ब्यान्ड भित्र आउनु पर्ने मान्यता बोलिंजर ब्यान्ड (Bollinger Band) ले राख्दछ ।  नेप्सेमा करेक्सन आउन सक्ने सम्भावना प्रबल रहेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आजनेप्सेलेतेस्रोअवरोधक (Resistance, R3) लाई पहिलो प्रयासमा तोडेको छ तर पुन फर्केर त्यस मुनि बसेको छ । आगामी हप्ता तेस्रो अबरोधक (Resistance, R3) पार गर्न सकेमा नेप्सेले अर्को ब्रेक आउट गर्नेछ । तत् पश्चात नेप्से २४०० सम्म जाने सम्भावना बढने  छ ।

जसरी २००० र २१०० को तहलाई साबधानीपुर्वक नेप्सेले छिचोल्यो । त्यसरी नै २२०० को खडको नेप्सेले कटाउनु आवश्यक । विभिन्न प्राविधिक सूचकले बजारमा करेक्सन आउने संकेत दिएको छ । बजार दिगो हुनको लागी करेक्सन आउनु आवश्यक रहेको सेयर बजारको मान्यता रहेको छ ।

सेयर बजारमा आटिने र मातिने मनोभाववाटमुख्यत सर्वसाधारण लगानी कर्ता मुक्त हुनुपर्दछ । सेयर बजार सधै ओरालो पनि लाग्दैन र सधै उकालो लागी पनि रहँदैन । धेरै लोभ गर्दा भुइँको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ । धेरै डराउदा कागले टपक्क टिपेर पनि लान सक्छ । जोखिम र प्रतिफल, सेयर बजारको मूख्य सुन्दर र मथिङ्गल खल्बल्याउने तत्व हो ।

अहिले लघुवित्त समूह र कम सेयर मूल्य भएका हाईड्रोको सेयर मूल्य उचालिन खोजेको संकेत देखिन्छ । बजार सेक्टर रोटशनमा चल्ने सम्भावना देखिएको छ । यस अबस्थामा कुनै एक समूहलाई उचाल्दै लाने र मूल्य टुप्पोमा पुर्याएर सर्वसाधारण लगानीकर्तालाई भिडाउने अनि अर्को सेक्टरमा पस्ने ठूला लगानीकर्ताको रणनिती हुने गर्दछ । यसमा सचेत हुनु जरूरी छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com