यी हुन् विश्व इतिहासमा आज भएका महत्वपूर्ण घटनाक्रम
आज ५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
सौर्य मन्डलको सानो ग्रह
सन् २००५ मा सौर्य मन्डलमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो । पत्ता लगाएको नयाँ ग्रहको नाम इरिस दिइएको छ । अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु) का अनुसार इरिसको आकार यसअघि सौर्यमन्डको सबैभन्दा सानो मानिएको प्लुटोको आकार समान छ ।
पाराग्वेको आन्दोलन
सन् १९६८ मा पाराग्वेमा आन्दोलन सुरु भएको थियो । अलेक्जेन्डर दुबसेक देशको नेता बनेपछि पाराग्वेमा आन्दोलन सुरु भएको थियो ।
गोल्डेन गेट निर्माण सुरु
आजकै दिन अर्थात सन् १९३३ को ५ जनवरीमा अमेरिकाको सान फ्रान्सिस्कोमा गोल्डेन गेट पुल बनाउन सुरु भएको थियो । यो पुललाई अमेरिकाकै एउटा प्रसिद्ध प्रतिक मानिन्छ ।
वेटिङ फर गोडोटको पहिलो मन्चन
आयरल्यान्डका प्रख्यात लेखक स्यामुअल बेकेटले लेखको विश्व प्रसिद्ध नाटक वेटिङ फर गोडोटलाई पहिलो पटक सन् १९५३ को ५ फेब्रुवरीमा फ्रान्सको राजधानी पेरिसमा मन्चन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया