नेप्से बजार बढ्दा उत्साह थपियाे

बुधबार बजारले भोलुम सहित शानदारसित २१०० को विन्दु पार गरेको छ । नेप्सेले २१०० को तह कटनु बजारको लागी महत्वपूर्ण कोशेढुंगा रहेको थियो । आज धेरै लघुवित्त कम्पनीको सेयर मूल्य बेस्कन बढेको छ ।

करिब साढे १ बजे सम्म नेप्से कता लाग्छ भन्ने अन्योल अबस्थामा रहेको थियो । यसपछि नेप्सेको ठाडो यात्रामा कतै पनि रोकावट आएन । सम्भावित सबै प्राविधिक अबरोधलाई तोडदै नेप्से आज २१२५।८४ विन्दुमा बस्न सफल भयो ।

 

दुई दिनको भोलुम करिब बराबरको रहेको छ । करिब तीन अर्ब ५० करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा सकारात्मक (हरियो) भोलुमले नकारात्मक (रातो) भोलुम लाई जितेकोछ । करिब ६२ % समय हरियो भोलुमले ओटेको छ । यसबाट हामी बजारमा बेच्ने भन्दा किन्ने समूह हावी रहेको भन्न सक्छौ । साढे एक बजे पश्चात भोलुमसंगै निरन्तर नेप्से उकालो लागेको थियो । आज अन्तिम १० मिनेटमा तुलनात्मक उच्च भोलुम आएको छ र नेप्सेलाई उच्चतम विन्दुमा लगेरबजार बन्द भएको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा विपरित दिशा तर्फ बेस्कनफुकेको छ भने मध्ये रेखा माथीतिर फर्कने क्रम जारी नै रहेको छ । अब तल्लो रेखा पनि माथि तिर फर्कन शुरु गरेमा बजार माथि जाने संम्भावना झन बलियो हुँदै जानेछ । आज पनिनेप्से ब्यान्ड भन्दा बाहिर बसेको छ । नेप्से पुन ब्यान्ड भित्र आउनु पर्ने मान्यता बोलिंजर ब्यान्ड (Bollinger Band) ले राख्दछ ।  नेप्सेमा करेक्सन आउन सक्ने सम्भावना देखाएको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आजनेप्सेलेदोस्रो अवरोधक (Resistance, R2)लाई तेस्रो प्रयासमा तोडेको छ र नेप्से त्यस माथि नै बसेको छ । भोलि तेस्रो अबरोधक (Resistance, R3) पार गर्न सकेमा नेप्सेले अर्को ब्रेक आउट गर्नेछ । तत् पश्चात नेप्से २४०० सम्म जाने सम्भावना बढने  छ ।

बुधबार जसरी २१०० को तह कटेको छ भोली २२०० तहमा पगेमा नेप्से थप उचाई जाने सम्भावना प्रबल हुन्छ ।

सेयर बजारमा आटिने र मातिने मनोभाव सबै लगानी कर्तामा हुने गर्दछ । कुनै सेयरको मूल्य दुई चार पैसा घटेमा अझै घटछ कि भन्ने डर मनमा आउछ र बेलैमा बेचि हालौ जस्तो लाग्छ । त्यस्तै बढेमा ओहो मेरो त रेल छुटन लाग्यो भनेर हतार हतार किनि हाल्ने  मातिने मनोदशा हुन्छ । यसलाई नियन्त्रणमा लिई सन्तुलित ब्यबहार आम लगानीकर्ताको लागी आवश्यक तत्व हो । धेरै लोभ गर्दा भुईको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ ।

अहिले लघुवित्त समूह उचालिन खोजेको संकेत देखिन्छ । बजार सेक्टर रोटशनमा चल्ने सम्भावना देखिएको छ । यस अबस्थामा कुनै एक समूहलाई उचाल्दै लाने र मूल्य टुप्पोमा पुर्याएर आम लगानीकर्तालाई भिडाउने अनि अर्को सेक्टरमा पस्ने ठूला लगानीकर्ताको रणनीति हुने गर्दछ । यसमा सचेत हुनु जरूरी छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com