नेप्से बोलिन्जर ब्यान्डभित्र पस्याे

मंगलवार पनि नेप्सेको यात्रा उतार चढाव पूर्ण नै रहयो । बजार घटाउने र बढाउने बिच तानातान कै स्थिति रहयो । प्राबिधिकरुपमा नेप्से पुन बोलिन्जर ब्यान्ड भित्र समेटिएको छ । यसले अब बजारको उतार चढाब मत्थर हुने संकेत गर्दछ । साथै उकालो यात्राको लागी मजबूतीको सम्भावना देखाउँछ ।

बजार केहि अंकले करेक्सन भएको छ । जसलाई विभिन्न प्राबिधिक औजारले अस्ति संकेत गरेको थियो । केहि समूह बजारलाई तत्काल २१०० को विन्दु कटाउन नचाएको आज NTC  को सेयर मूल्यमा अकस्मात तल झारेर गरेको चलखेलले संकेत गर्दछ । तल NTC को फ्लोर सिट अनुसार अन्तिम समयमा ९०० बाट ९४० पुगिसकेको NTC को सेयर मूल्यलाई एकै झटकामा ८६९ मा झारेको छ । यो कार्य विधि सम्मत हुन सक्ला तर प्रणालीगत पार्दर्शिता देखिदैन । कारोबारको समयमा सर्वसाधारणले टप पाँच, माग र आपूर्ति मूल्यमात्र हेर्न सक्छन । तर तल्लो माग र माथिल्लो आपूर्ति कति कति मूल्यसम्म छ सर्वसाधारणले हेर्न सक्दैन । जस कारण सर्वसाधारणले ठूलाको हुन सक्ने चलखेत अनुमान लाउन सक्दैन । यस्ता नियवश हुने कार्य नियन्त्रणमा नियामक निकाय कमजाेर रहेको छ ।

शुरुवाती केहि मिनेटमा नेप्से तीब्र ओरालो लागेर आजको न्यूनतम विन्दु २०५०।५७ मा पुगे पश्चात उकालो लाग्यो । उकालो र सामान्य ओरालो यात्रा गर्दै नेप्से आजको उच्चतम विन्दु २०८१।५३ सम्म पुग्यो । तत् पश्चात ओरालो उकालो गर्दै नेप्से २०६१।०६ विन्दुमा आजको बजार बन्द भयो ।

आजको भोलुम हिजोको तुलनामा करिब १४%ले बढेको छ । करिब तीन अर्ब ४५ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा धनात्मक (हरियो) भोलुम र ऋणात्मक (रातो) भोलुम संख्या बराबर रहेको छ ।यसबाट हामी बजारमा बेच्ने र किन्ने समूह बराबरी हावी रहेको भन्न सक्छौ । जसको कारण आज बजारमा सामान्य करेक्सन भएको छ । शुरुको १० मिनेटमा नेप्से उकालो लागेको थियो । तर यसबेलाको भोलुम तुलनात्मक सबभन्दा न्यून रहेको छ । यसपछि आएको भोलुमले नेप्सेलाई पुन तलतानेको थियो । आज पनि अन्तिम १० मिनेटमा तुलनात्मक उच्च भोलुम आएको छ र बजारलाई माथी थेलेको छ । यसले बजार २००० तहमा दिगो हुने सम्भावनालाई बल दिएको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा विपरित दिशा तर्फ फुक्ने दर घटेको छ भने मध्ये रेखा माथितिर फर्कने क्रम जारी नै रहेको छ । अब तल्लो रेखा पनि माथितिर फर्कन शुरु गरेमा बजार माथि जाने संम्भावना बलियो हुँदै जानेछ । आजनेप्से ब्यान्ड भित्रबसेको छ । नेप्से पुन ब्यान्ड भित्र आउनु पर्ने बोलिंजर ब्यान्ड (Bollinger Band) को मान्यता आज पुरा भएको छ।

पिभोट फिबोनाची (Pivot Fibonacci)अनुरुप आज दोस्रो अवरोधक (Resistance, R2) मा नेप्सेले पुनअबरोधको सामना गरेको छ । भोलि दोस्रो अवरोधक (Resistance, R2) लाई छिचोलेमा नेप्सेको २२०० जाने यात्रा सबल हुने सम्भावना रहन्छ ।

भोलि भोलुमले साथ दिएमा २१०० तह चुम्ने सम्भावना धेरै रहेको छ। नेप्सेलाई माथि लाने कि तल लाने भन्नेमा दुई समूह विच कडा प्रतिस्पर्धाको अबस्थामा रहेको छ । आम लगानीकर्ताहरु चनाखो भई गच्छे अनुसार जोखिम लिई कारोबारमा सक्रिय भएमा ठूला लगानीकर्ताको जोडले मात्र बजार तल जान सक्दैन । सम्पूर्ण परिस्थिति अनुकूल भएको बेला बजारमा हरियाली छाउँदैन भने कहिले छाउने हो ?

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com