आइतबार देखिएकाे प्राविधिक संकेतलाई नेप्सेले पछ्याएन
हिजो आइतबार विभिन्न प्राविधिक औजार र संकेतले बजार घटन सक्ने संकेत गरेको थियो । साथै विभिन्न मिडिया तथा प्राबिधिक विश्लेषकहरुले आज करेक्सन हुन सक्ने औल्याएका थिए । तर यस अनुसार आज बजार घटेन । प्राबिधिक संकेतको विश्वासनीयता (reliability) ८०% सम्म हुने विश्वब्यापी मान्यता रहेको छ । यस मान्यता अनुरुप आज बजारले प्राविधिक विश्लेषणलाई नपछ्याउनु स्वभाविक नै हो । तर अझै पनि प्राबिधिक संकेतले बजारमा करेक्सन आउनु पर्ने सम्भावनालाई देखाई नै रहेको छ ।
शुरुवाती केहि मिनेटमा नेप्से तीब्र ओरालो लागेर आजको न्यूनतम विन्दु २०२८।३२ मा पुगे पश्चात उकालो लाग्यो । उकालो र सामान्य ओरालो यात्रा गर्दै नेप्से आजको उच्चतम विन्दु २०७०।५८ सम्म पुग्यो । तत् पश्चात सामान्य ओरालो लागेर नेप्से २०६४।०९ विन्दुमा आजको बजार बन्द भयो ।
आजको भोलुम हिजोको तुलनामा करिब २७%ले घटेको छ । करिब दुई अर्ब ९६ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा सकारात्मक (हरियो) भोलुमले नकारात्मक (रातो) भोलुम लाई जितेकोछ । यसबाट हामी बजारमा बेच्ने भन्दा किन्ने समूह हावी रहेको भन्न सक्छौ । जसको कारण आज बजार तल झर्न सकेन । शुरुको १० मिनेटमा बजार ठाडो ओरालो झरेको थियो । तर यसबेलाको भोलुम तुलनात्मक सबभन्दा न्यून रहेको छ । यसपछि आएको डबल भोलुमले बजारलाई पुन माथी धेक्लेको थियो । यसले बजारलाई तल झार्ने समूह सक्रिय हुँदा झर्दै गएको बजारमा किन्नेको समूह झन सक्रिय भएको संकेत दिन्छ । आज पुन अन्तिम १० मिनेटमा तुलनात्मक उच्च भोलुम आएको छ र बजारलाई माथी थेगेको छ । यसले बजार २००० तहमा दिगो हुने सम्भावनालाई प्रबल बनाएको छ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा विपरित दिशा तर्फ बेस्कन फुकेको छ भने मध्ये रेखा माथितिर फर्कने क्रम जारी नै रहेको छ । अब तल्लो रेखा पनि माथि तिर फर्कन शुरु गरेमा बजार माथि जाने संम्भावना झन बलियो हुँदै जानेछ । आज पनि नेप्से ब्यान्ड भन्दा बाहिर बसेको छ । नेप्से पुन ब्यान्डभित्र आउनु पर्ने मान्यता बोलिंजर ब्यान्ड (Bollinger Band) ले राख्दछ । नेप्सेमा करेक्सन आउन सक्ने सम्भावना कायम रहेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज नेप्से दोस्रो अवरोधक (Resistance, R2) मा नेप्सेले अबरोधको परीक्षण गरेन । पहिलो अवरोधक (Resistance, R1) मा टेवा लिएरमाथि गएको छ । नेप्सेले भोलि दोस्रो अवरोधक (Resistance, R2) मा अबरोध परीक्षण गर्ने सम्भावना रहेको छ ।
हिजोको प्राबिधिक प्रक्षेपण केही हदसम्म नमिले पनि बजार २००० को तहमा दिगो हुने बलियो सम्भावना देखिएको छ। यो हप्ता नेप्से २१०० को तहमा रहेमा २२०० को तहमा बजार जाने सम्भावना प्रबल हुनेछ ।
नेप्से बढेसँगै भोलुम घटनु प्राविधिकरुमा सकारात्मक संकेत मानिदैन । प्राबिधिकरुपमा आज बजार घटन सक्ने ब्यापक हल्ला खल्लाले बजारमा ठूला लगानीकर्ताले बजारलाई माथि नै थगेर सेयर distribution गरेको हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन । प्राविधिक संकेतहरु अझैं सकारात्मक भइसकेको छैन । आम लगानीकर्ताहरु ठूला लगानीकर्ताको चलखेल र बुल ट्रयाप प्रति सधै चनाखो हुनु पर्दछ ।
सेयर बजार लोभ र डर को मैदान पनि हो । धेरै लोभ गर्दा भुईको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ । बढेको बजारमा अति लोभबाट बचेर लाभ लिन र घटदो बजारमा चनाखोपूर्ण फाईदा ग्रहण गर्ने अभ्यासमा आम लगानीकर्ता पोख्द हुदै जाने हो भने ठूला लगानीकर्ताको दबदबालाई केही हदसम्म कम गर्न सकिन्छ । ठूला लगानीकर्ताले बजारलाई धेरै तल लगेर आम लगानीकर्ताको सेयर सस्तोमा थुत्ने प्रयास गर्छन भने बजारलाई धेरै माथी लगेर आम लगानीकर्तालाई महंगो भिडाउने गर्दछन ।
तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया