दवाव झेल्दै नेप्से, भाेलि ओरालो झर्न सक्ने
नयाँ अर्थमन्त्री आएपछि निकै हौसिएको सेयर बजारमा आज निकै तानातानपूर्ण भयो । पाँच महिना पछि भोलुम ४ अर्ब कटेको छ । २१०० को तह उक्लने प्रयास सफल भएन । नेप्से जति चढन खोज्यो त्यति नै झर्नुपर्ने अबस्था रहयो ।
प्राबिधिकरुपमा अस्तिको विहीबारको दिनको कारोबारमा नेप्से बोलिंजर ब्यान्ड (Bollinger Band) भन्दा बाहिर बसेको थियो । जस अनुरुप नेप्से ब्यान्ड भित्र आउने अनुमान थियो र आज ब्यान्ड भित्र आउने प्रयास गरेको छ । तर आईसकेको छैन ।
आज ६ वटा महत्वपूर्ण कम्पनीहरुको भोलिको बुक क्लोजको लागी अन्तिम कारोबार दिन थियो । जसमा NTC, BPCL,NABIL, SIL, HBL र MLBL रहेका छन । बजारमा बोनस लाभांश दिने कम्पनीको सयेर मूल्य बुक क्लोज पश्चात स्वतः घटछ नै । तर नगद लाभांश दिने कम्पनीको पनि बजार सेयर मूल्य घटदै जाने गरेको छ । बोनस लाभांश दिने कम्पनीको सेयर मूल्य स्वतः समायोजन पश्चात पनि बजार मूल्य घटदै जाने गरेको छ । यस अर्थमा NTC बाहेकको अन्य कम्पनीको सेयर मूल्य स्वतः समायोजन हुनुको साथै बजार मूल्य घटदै जाने अनुमान गर्न सक्छौ । NTC को हकमा विगतका तथ्यले देखाएको आधारमा आजको मूल्यको तुलनामा भोली घटने सम्भावना प्रबल रहेको छ । तसर्थ यी ६ कम्पनीको मूल्य घटदा खेरी भोलि नेप्सेलाई ओरालो हिडनु पर्ने दबाब पर्न सक्ने अनुमान गर्न सक्छौ ।
शुरुवाती केही मिनेटमा नै उतारचढावमा परेको नेप्से, कारोबार समयभरी नै यो क्रम जारी रहयो । करिब १२ बजे तिर आजको उच्चतम विन्दु २०८३।१९ मा नेप्से उकलिए पश्चात ओरालो लाग्यो । अन्तिम १५ मिनेटमा आजको न्यूनतम विन्दु २०३०।२५ मा नेप्से पुगे पश्चात केही उकालो लागेर २०४६।२६ विन्दुमा बजार बन्द भयो ।
आजको भोलुम हिजोको तुलनामा करिब ३०%ले बढेको छ । करिब चार अर्ब ५ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा सकारात्मक (हरियो) भोलुम र नकारात्मक (रातो) भोलुम बरावर रहेको छ । यसबाट हामी बजारमा किन्ने र बेच्ने समूह बराबर मात्रामा हावी भएको भन्न सक्छौ । जसको कारण बजार २१०० उक्लन सकेन भने निकै तल २००० को तह पनि ओर्लन सकेन ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा थप फुकेको छ भने मध्ये रेखा माथितिर फर्कने क्रम जारी नै रहेको छ । यसले बजार माथि जाने संम्भावनालाई जिवित नै राखेको छ । आज नेप्से ब्यान्ड भन्दा निकै बाहिर गएकोमा पुन ब्यान्ड भित्र नै समेटिन खोजेको छ । यानी ब्यान्ड भित्र समेटिन माथिल्लो रेखालाई छोई पुन ब्यान्ड बाहिर नै बसेको छ । नेप्से पुन ब्यान्ड भित्र आउनु पर्ने मान्यता बोलिंजर ब्यान्ड (Bollinger Band) ले राख्दछ । नेप्सेमा करेक्सन आउन सक्ने सम्भावना कायम रहेको छ ।
आज आइतबार पिभोट फिबोनाची (Pivot Fibonacci) को यस महिनाको लागी नयाँ रेखाहरु बनेका छन । जसअनुरुप आज नेप्से दोस्रो अवरोधक (Resistance, R2)मा अबरोध भई तल फर्केको छ । भोलि उकालो लागेमा पुन दोस्रो अवरोधक (Resistance, R2) मा अबरोध परीक्षण हुनेछ भने ओरालो लागेमा पहिलो अवरोधक (Resistance, R1) मा टेवा लिन सक्ने छ ।
भोलि माथि उल्लेखित ६ कम्पनीले नेप्सेलाई ओरालो लाग्न दिने दबावलाई नेप्सेले कतिको थेग्न सक्छ ? यसले २००० को तह ब्रेक आउटसँगै यो तहमा दिगो हुने नहुने संकेत गर्ने छ ।
आम लगानीकर्ताहरु ठूला लगानीकर्ताको चलखेलप्रति सधै चनाखो हुनु पर्दछ । बिष्णु पौडेल सिन्ड्रोमलाई ठूला लगानीकर्ताले कतिको उपयोग गरे समयक्रममा प्रष्ट हुदै जानेछ नै ।
सेयर बजार लोभ र डर को मैदान पनि हो । धेरै लोभ गर्दा भुईको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ । बढेको बजारमा अति लोभबाट बचेर लाभ लिन र घटदो बजारमा चनाखोपूर्ण फाईदा ग्रहण गर्ने अभ्यासमा आम लगानीकर्ता पोख्द हुदै जाने हो भने ठूला लगानीकर्ताको दबदबालाई केही हदसम्म कम गर्न सकिन्छ । ठूला लगानीकर्ताले बजारलाई धेरै तल लगेर आम लगानीकर्ताको सेयर सस्तोमा थुत्ने प्रयास गर्छन भने बजारलाई धेरै माथी लगेर आम लगानीकर्तालाई महंगो भिडाउने गर्दछन ।
तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया