मानवपुस्तकको सातौँ शृङ्खला सम्पन्न

नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र र मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँको संयुक्त आयोजनामा  मानव पुस्तककाे   साताैँ  शृङ्खला भव्यताका साथ सम्पन्न गरिएकाे छ।

मुक्तिनाथ दर्शन साहित्य समाजका संस्थापक अध्यक्ष अध्यात्म चिन्तक तथा कवि हरिभक्तको सभापतित्व संचालन भएकाे कार्यक्रममा विरष्ठ  कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा भएकाे थियाे । पूर्व प्रशासक प्रो.अनुसन्धाता तथा लेखक सुरेन्द्रप्रसाद शर्मा प्याकुरेल, नव पुस्तकालयका संस्थापक अध्यक्ष पूर्व क्याम्पस प्रमुख बिष्णुप्रसाद पन्त, वरिष्ठ युरोलजिष्ट डा.अर्जुनदेव भट्ट, समालोचक तथा कवि युवराज मैनाली, पूर्व सचिव जयमुकुन्द खनाल, माछापुछ्रेका सिइयो पुरुषोत्तम कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न  भएकाे  कार्यक्रमकाे संचालन  कवि तथा समालाेचक कलानिधि दाहालले गरेका थिए ।

मानव पुस्तक व्यक्तित्वद्वयका लगातार व्यक्तित्व प्रवाहपछि कवितावाचनको शृङ्खलामा महेशप्रसाद रिजाल,रामचन्द्र घिमिरे,सुचिता काफ्ले, सुसेलीनायक दुर्गा अधिकारी भँमरकोटे, जानुका गुरागाई, स्वरसुन्दरी सुशीला शर्मा धमला, कल्पना दाहाल, हरिभक्त सिग्देल, स्वयम् प्रमुख अतिथि दिनेश अधिकारीसमेतले कविता वाचन गरेका थिए ।  बालमुकुन्द शर्मा, युवराज मैनाली, अर्जुनदेव भट्ट, बिष्णुप्रसाद पन्त, युवराज भण्डारी लगायतका धारावाहिक मन्तव्यसँगै साँढे तीन घण्टा चलेकाे थियाे । कार्यक्रमकाे व्यस्थापक  जिम्ममा हेशप्रसाद रिजालले लिएकाे बताइएकाे छ ।