सत्ता परिवर्तनसँगै सेयर बजारमा उत्साह

लामो समयपछि दुई हजार अंकमाथि पुग्न सफल

नयाँ सरकार गठनसँगै लयमा फर्कन थालेकाे  सेयर बजारको उन्मत्ता आज पनि कायम रहयो । हिजो ओरालो लागेको बजार सामान्य करेक्शन मात्र रहेको आज पुष्टि हुनुको साथै नयाँ अर्थ मन्त्री विष्णु पौडेलमाथि लगानी कर्ताको भरोसा प्रमाणित भएको छ । आज नेप्सेले २००० को महत्वपूर्ण तह शानदारका साथ कटाएको छ । आगामी हप्ता यो तहमा बजार दिगो हुनु जरुरी छ ।

आज पहिलो दुई घण्टाको समयसम्म बजार स्थीर ढंगले रहेको थियो । उकालो लाग्ने कि ओरालो जानेमा संशय रहेको थियो । १ बजे पश्चात जब २००० को तहलाई नेप्सेले कटायो, तत् पश्चात चाहि शान्दारका साथ नेप्ले दर्हो उकालो यात्रा तय गर्यो । नेप्सेको आजको उच्चतम विन्दु २०२९।०३ मै बजार बन्द भयो ।

आज भोलुम हिजोको तुलनामा करिब २५% ले बढेको छ । करिब दुई अर्ब ८६ करोड बराबरको कारोबार भएको छ । पहिलो दुई घण्टको भोलुम न्यून मात्रामा रहेको छ । आजको कुल भोलुमको १४% बराबरको कारोवार पहिलो दुई घण्टामा भएको थियो भने अन्तिम एक घण्टामा मात्र १ अर्व २४ करोड बराबरको कारोबार भएको थियो । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा १ बजे पश्चात आएको समान भोलुमले बजारलाई क्रमिकरुपमा माथि धकेल्दै लगेको थियो । आज पनि अन्तिम १० मिनेटमा तुलनात्मक धेरै भोलुम आएको छ । यो भोलुमले नेप्सेलाई आजको उच्चतम विन्दुमा लगेर राखेको छ । नेप्से २००० कटे पश्चात भोलुम बढ्नुले लगानीकर्ताहरुले २००० तहलाई चनाखोको साथ हेरेको संकेत गर्दछ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा फुकेको छ भने मध्ये रेखा माथितिर फर्केको छ । यसले बजार माथि जाने संम्भावनालाई दर्शाएको छ । तर नेप्से ब्यान्डभन्दा बाहिर गएकोले यो पुन ब्यान्डभित्र आउनु पर्ने मान्यता बोलिंजर ब्यान्ड (Bollinger Band) ले राख्दछ । यानी पुन नेप्सेमा करेक्सन आउन सक्ने सम्भावना रहेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले पहिलोर दोस्रो अवरोधक (Resistance, R1, R2) दुवैलाई छिचोलेर माथि नै बसेको छ । आगामी हप्ता नयाँ पिभोट रेखाहरु बन्दैछन । यसमा नयाँ अबरोधक र टेवाहरुको रेखाहरु हुने छन् ।

२००० को तह ब्रेक आउटसँगै दिगो हुनु जरूरी छ । अर्को उचाई भेटाउन यो अवरोधकलाई छिचोल्न जरुरी थियो जुन आज पुरा भएको छ ।

आम लगानीकर्ताहरु ठूला लगानीकर्ताको चलखेलप्रति सधै चनाखो हुनु पर्दछ । सेयर बजार लोभ र डर को मैदान पनि हो । धेरै लोभ गर्दा भुईको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ । बढेको बजारमा अति लोभबाट बचेर लाभ लिन  र घटदो बजारमा चनाखोपूर्ण फाईदा ग्रहण गर्ने अभ्यासमा आम लगानीकर्ता पोख्द हुदै जाने हो भने ठूला लगानीकर्ताको दबदबालाई केहि हदसम्म कम गर्न सकिन्छ । ठूला लगानीकर्ताले बजारलाई धेरै तल लगेर आम लगानीकर्ताको सेयर सस्तोमा थुत्ने प्रयास गर्छन भने बजारलाई धेरै माथि लगेर आम लगानीकर्तालाई महंगो भिडाउने गर्दछन् ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com