नेप्सेकाे नीति लगानीकर्ताको मनोभावमाथि खेलबाड कि करेक्सन !

नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नियुक्त भएपछि आम लगानीकर्तामा उत्साह पलाएको छ । हिजो र अस्तिको बजारले उनी माथि बजारले दरो भराेसा प्रदर्शन गर्याे । तरपनि  केही शंसय  थियो ।  हिजो २००० कटन लागेको बजार अकस्मात तल झर्नु र दुई दिनको भोलुम दुई दुई गुणाले बढनु । यी दुवैको गतिको स्वभाविकतामा शंका गर्ने ठाउँ हाे । विगतमा  पौडेलअर्थमन्त्री हुँदा बजारले नयाँ उचाई प्राप्त गर्दा आम लगानीकर्ता बजारप्रति सकारात्मक भएका थिए ।  पाैडेलप्रतिको आम लगानीकर्ताको मनोभावको दुरुपयोग ठूला लगानीकर्ताबाट भएको हो कि भन्ने शंका पक्कै गर्न सकिने विज्ञले बताउने गरेका छन । भाेलुम दुई गुणाले घटनुले यही स‌केत गरेकाे छ ।

प्राविधिक दृष्टिकोणबाट हेर्दा बजार उन्मातिएको संकेत हिजो दिएको थियो । विभिन्न प्राविधिक औजारले आज बजार ओर्लन सक्ने संकेत गरेको थियो । जुन आज सही ठहरिएको छ । साथै आज पनि नेप्से २००० कटने कटने बेला झ्वाट्टै तल झरेको छ ।

शुरुवाती समयमै ओरालो लागेको नेप्सेले आजको न्यूनतम विन्दु १९६१।५७ लाई छोए पश्चात उकालो लाग्ने प्रयास गर्यो । तत् पश्चात नेप्से निकै नै उतार चढाव पूर्ण रहयो । आजको उच्चतम विन्दु १९९४।३३ मा नेप्से पुगे पश्चात तीखो उरालो लाग्यो । सामन्य उकालो लागे पनि अन्तिममा नेप्सेको ओरोलो यात्रामा नै आजको बजार बन्द भयो । नेप्से हिजो भन्दा ११।८१ अंकले घटयो ।

भोलुम करिब हिजोको तुलनामा आधीले घटेको छ । करिब दुई अर्ब १५ करोड बराबरको कारोबार भएको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा करिब १२ बजे पश्चात क्रमिकरुपमा भोलुम बढ्दै नेप्से उकालो लाग्ने प्रयास गरेको थियो । १ बजे तिर २००० कटने छाँटकाँट देखिदा झ्वाट्ट नेप्से झरेको छ । आज अन्तिम १० मिनेटमा तुलनात्मक धेरै भोलुम आएको छ । यो भोलुमले बजार थप तल झर्न रोकेता पनि माथि नै धकेल्न चाहिँ सकेन ।

Figure 1 प्रत्येक १० मिनेटमा भएको कारोबार भोलुम र क्यान्डल बनावट

आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा,आज पनि बोलिंजर ब्यान्ड (Bollinger Band)को माथिल्लो र तल्लो रेखा फुक्ने संकेत गरेको छ भने मध्ये रेखा स्थीर रहेको छ । नेप्सेले ब्यान्डको माथिल्लो रेखामा अबरोध सामना गरेको छ । भोलि नेप्से उकालो लागेमा पुन यो अबरोधलाई सामना गर्नु पर्ने हुन्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आजनेप्सेपहिलोअवरोधक (Resistance, R1) मुनि बसेको छ । भोलि नेप्सेले उकालो यात्राको लागी यो अवरोधक छिचोल्नु पर्ने हुन्छ । जस अनुरुप नेप्से उकालो लाग्ने सम्भावना कम रहेको संकेत गरेको छ ।

नेप्सेको लागी हाल २००० को तह महत्वपूर्ण अवरोधकको रुपमा देखिएको छ । अर्को उचाई भेटाउन यो अवरोधकलाई छिचोल्न जरुरी छ । यो ब्रेक आउट सफल भएमा नेप्से २२०० को तहसम्म जाने सम्भावना प्रबल हुनेछ ।  पौडेल सिन्ड्रोमको परीक्षण असफल भएको छ । तर यसको कनफर्मेशन भने भोलि बिहीबार मात्र हुनेछ ।

आजको घटाई स्वभाविक करेक्सन मात्र हो कि ठूलाको आम लगानीकर्ताको मनोभाव माथिको खेलबाड भन्ने कन्नफर्म गर्न बिहीबारकाे बजार कुर्नु पर्ने हुन्छ ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com