नयाँ अर्थ मन्त्रीसँगै बजार सकारात्मक
लामो समय ओरालो हिंडिरहेको सेयर बजार आज कस्सिएर उकालो लागेको छ । हिजो नयाँ सरकार बनेसँगै कम्तीमा दुई वर्ष राजनैतिक स्थिरताको संकेत दिएको छ । साथै साेमबार बिष्णु पौडेल अर्थमन्त्री बनेसँगै लगानीकर्तामा बेग्लै उत्साह संचार भएको देखिन्छ । जसको कारण साेमबार बजार दर्होसित उकालो लाग्यो भने कारोबार रकम पनि दुई अर्ब पुगेको छ । अर्को महत्वपूर्ण बिषय भनेको नेप्सेले १९०० को तहलाई पार गरेर माथि बस्याे । यसलाई हामी बजारले नयां सरकारलाई भब्य स्वागत गरेको अर्थ्याउन सक्छौ ।
नियमित कारोबारको शुरुवतीमै नेप्से ह्वात्तै बढन खोजेता पनि पुन pull back भयो । १८६८।४१ विन्दुवाट नियमित कारोबार शुरु भएको थियो । शुरुवाती केहि मिनेटमै नेप्से १८९५।६६ सम्म उकालो लागेपछि चाहिँ ओरालो लाग्यो । यो ओरालोले बजारमा केहि संशय उत्पन्न गरायो । १८७५।२५ विन्दुसम्मको ओरालो पछी नेप्सेले उकालो लाग्दै शानदारसित १९०० को तह पार गर्यो । तत् पश्चात एक अनलाईन मिडियाले बिष्णु पौडेल अर्थमन्त्री हुने नहुने शंकाको समाचार प्रकाशन गरे पश्चात नेप्से पुन ओरालो लाग्ने संकेत गर्यो । तर १९०० मुनि गएन । बिष्णु पौडेल अर्थमन्त्री हुने पक्का पक्की पछि नप्सेले कसिलो छलांग मार्यो र नेप्सेको आजको उच्चतम विन्दु १९२४।०९ मा बजार बन्द भयो ।
एक महिना पछि आज पुन दुई अर्बको भोलुम आएको छ । अघिल्लो दिनको तुलनामा करिब दाेब्बरले भोलुम बढेको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा करिब दुई बजे पश्चात आएको क्रमिक भोलुमले नेप्सेलाई १९०० को तहबाट उकालो थेल्दै लगेको थियो । अन्तिम १० मिनेटमा आएको तुल्नात्मक धेरै भोलुमले नेप्सेलाई उच्चतम विन्दुमा ठेलेको थियो ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
साेमबार जम्मा २ सय ३वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
साेमबार सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखा समानान्तर रेखाकारुपमा रहेको छ । तीनवटै रेखा कतै पनि फर्केको छैन । ब्यान्डले देखाएको महत्वपूर्ण सूचक भनेको नेप्सेले मध्ये रेखा छिचोलेर माथि बसेको छ । यसले बजार थप उकालो लाग्ने सम्भावनालाई संकेत गरेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेलेपहिलो आड (Support, S1)लाई छिचोलेर पिभोट रेखा (p) तर्फ अगाडि बढेको छ । मंगलबार नेप्सेले पिभोट रेखालाई(करिब १९३६) पनि छिचोलेर माथि बसेमा कसिलो उकालो यात्रा मजबूत हुने सम्भावना धेरै हुनेछ ।
नयाँ सरकार बनेसँगै बिष्णु पौडेल सिन्ड्रोम अर्थात नेप्से उकालो यात्रा र बिष्णु पौडेल एक अर्काका परिपूरक हुन भन्ने मनोविज्ञान लगानीकर्ता माझ बसेको झल्किएको छ । लगानीकर्ता सकारात्मक हुनु बजार बृद्दिको लागी महत्वपूर्ण तत्व हो । तर सर्बसाधारण लगानीकर्ताहरु ठूला लगानीकर्ताको चातुर्यता प्रति पनि सजग हुनु जरूरी छ ।
बजार बृद्दि सबैको आवश्यकता हो । आज दुई अर्वको कारोबार भएको मतलब आज कसैले दुई अर्वको सेयर किन्यो र कसैले बेच्यो । बेच्नेले अब बढैन भनेर बेचेको अनुमान गर्न सक्छौ । त्यस्तै किन्नेले थप बढछ भनेर किनेको हो ।को सहीको गलत भविष्यले देखाउँछ नै ।
जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु बढेको बजारलाई दिगो बनाउनु हो।
(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया