अर्थतन्त्रकाे मन्दी कहिले हट्छ ?

अहिले देशमा लोङसेडिङ छैन । राजनीति समस्या समाधान भएपछि बन्द हडताल रोकिएको छ । सरकारले उद्योग– व्यवसाय दर्तामा सहजता बढाएको छ । कर प्रशासन व्यवसायमैत्री छ । तर पनि उद्योग व्यवसाय बढन सकेको छैन। भएका उद्योगले पनि पूर्ण क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन। विलासिताका गाडी आयातमा प्रतिवन्ध र सवारीसाधन खरिदमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले अटो व्यवसाय आधा भन्दा बढी बन्द भएको नाडाको दाबी छ । नयाँ लगानी गर्न बैंकबाट ऋण पाइदैन। बजारमा ग्राहक छैनन्। पुरै अर्थतन्त्रमा मन्दी छाएको बताइन्छ।
घर– जग्गा व्यवसाय,सेयर बजार,उद्योग– व्यवसाय सबै क्षेत्र बैंकको ऋणबाटै चलायमान भएका रहेछन भन्ने कुरा अहिले आएर देखिएको छ। उद्योग व्यवसायले सावा व्याज तिर्न बैंकबाट ऋण लिएर ऋणमाथि ऋण थपिरहेको कुरा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा भनेका छन। यस्तै आर्थिक मन्दी अरू केही वर्ष लम्बिने हो भने नेपालका बैंक तथा वित्तीय क्षेत्रको ऋण तथा व्याज उठन नसकेर बैंकिङ क्षेत्रमा अप्ठ्यारो अवस्था आउन सक्ने बताइएको छ ।
यसरी बढ्दै गएको समस्याको अर्थतन्त्रको समाधान कहिले हुन्छ भन्ने बारे एकीन साथ भन्न नसकिएको अर्थशास्त्रीहरुले बताउँदै आएका छन् ।