नेप्सेको प्राविधिक प्रक्षेपण सफल

नेप्से हिजो चर्कोसित ओरालो लागेको थियो । शायद यो ठालू लगानीकर्ताको सर्वशाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न गराउने रणनीति पनि हुन सक्छ । तर प्राविधिकरुपमा हिजो बोलिन्जर ब्यान्डले एउटा आशा देखाएको थियो कि आज बजार पुन घटने सम्भावना कम छ भनेर । यो आज सही ठहरिएको छ । हिजो नेप्से ब्यान्डको बाहिर रहेको थियो । बोलिन्जर ब्यान्ड सूचकको मान्यता अनुसार यदि नेप्से वा कुनै पनि सेयरको मूल्य तल्लो वा माथिल्लो ब्यान्ड भन्दा बाहिर गएमा पुन बाहिर गएको विन्दु ब्यान्ड भित्र समेटन आईपुग्छ । यसै मान्यताको आधारमा आज बजार नघटने अनुमान हिजो गरिएको थियो । आज बजार केहि अंकले बढेर नेप्सेको अन्तिम विन्दु ब्यान्ड भित्र समेटिएको छ । तसर्थ नेपालको सेयर बजारमा प्राविधिक विशलेषणले काम गर्दैन भन्ने होईन । प्राविधिक विशलेषणको accuracy विकसित देशको सेयर बजारमा भन्दा कम रहने गरेको मात्र हो । किनभने हाम्रो सेयर बजार पूर्णरुपमा बजारको प्राकृतिक लयमा बगेको छैन ।

नेप्से थप ओरालो लाग्नबाट आज रोकिएको छ । शुरुवाती पहिलो घण्टामा ओरालो लागेको नेप्से तत् पश्चात उकालो लाग्यो । कारोबारको पहिलो १ घण्टाको हाराहारीमा नै आजको न्यूनतम विन्दु १८४९।१९ र उच्चतम विन्दु १८६५।१८ मा नप्से पुगे पश्चात बजारमा नेप्से सामान्य उकालो ओरालो लागी रहयो । बजार बन्द हुँदा नेप्से १८५८।५८ विन्दुमा कायम भयो । यो हिजोको तुलनामा ३।८३ (०।२१%) अंकले बढेको हो । नेप्से पुन १८०० मा आउने नआउने टुंगो भोलिको कारोबारले संकेत गर्नेछ ।

आजको भोलुम हिजोको तुलनामा करिब २३% ले घटेको छ ।आजको कुल भोलुम ८८ करोड बराबरको रहेको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा पहिलो घण्टाको अन्तिमतिर आएको क्रमिक बढ्दो भोलुमले बजारलाई क्रमिकरुमा माथि उचालेको छ । आज पनि अन्तिम १० मिनेटमा आएको तुलनात्मक धेरै भोलुमले बजारलाई माथि थेग्न सहयोग गरेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

आज जम्मा १ सय २५वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तल्लो रेखा तल तिर फर्केको छ भने माथिल्लो रेखा माथितिर सोझिन रोकिएको छ । त्यसतै मध्ये रेखा तलतिर फर्केको छ । आजको उल्लेखनीय पक्ष भनेको नेप्से ब्यान्ड भित्र आएको छ । तर आकालो लाग्ने सम्भावना चाहिँ कम देखिएको छ । कारण चाहिँ मध्यरेखा तल तिर फर्किनु रहेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आजपनि नेप्सेदोस्रो आड (Support, S2) भन्दा मुनि नै बसेको छ । आज नेप्से (Support, S2) मा ठोकिएर तल झरेको छ । यसले नेप्से पुन ओरालो लागेमा १८२० को तेस्रो आड (Support, S3) मा टेवा लिने सम्भावना देखाएको छ ।

आज बजार ओरालो नलाग्नुलाई ठुला लगानीकर्ताहरु बजारलाई १८०० मुनि लाने पक्षमा नरहेको अनुमान गर्न सक्छौ । जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम व्यवस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु सर्वोपरी हितकारी हुनेछ । ठुला लगानीकर्ताहरुले आफ्नो बल बुत्ताले मात्र बजारलाई धेरै तल लान सक्दैन ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com