पुन: १८०० को तह परीक्षणमा नेप्से
आइतबार नेप्सेले चर्को ओरालो यात्रा तय गर्यो । यो ओरालो यात्रा पहिले जस्तै १८०० को तहसम्म सीमित हुन्छ कि त्यो भन्दा तल जान्छ ? यस सम्बन्धमा अन्यौलता थपिएको छ । सीमित समूहको हातमा रहेको नेपालको सेयर बजारलाई यसै हुन्छ भन्न गार्हो छ । प्राविधिकरुपमा हेर्दा गत जुन महिना पछि नेप्से पुन तेस्रो पटक १८०० को तहमा अडिने कि नअडिने परीक्षण हुँदैछ । यदि अडिएर माथि गएमा नेप्सेले अर्को उच्च तहको यात्रा तय गर्ने सम्भावना रहन्छ । यदि नअडिएमा अर्को न्यूतम विन्दुमा बजार झर्न सक्छ । अबको तीन दिन नेप्से यो निर्णायक परिस्थितिमा पुग्ने छ ।
आइतबार नेप्से शुरुबाटनै ठाडो झरेकोमा त्यसपछि क्रमिक झरेको झर्यै भयो । अन्तिम १० मिनेटतिर न्यूनतम १८५०।९६ विन्दुमा पुगेको बजार अन्तिममा नेप्से १८५५।०६ विन्दुमा बजार बन्द भयो । यो हिजोको तुलनामा २७।५४ (१।४६%) अंकले घटेको हो । आज पनि बजारलाई १९०० मुनि राख्ने समूह नै सक्रिय देखियो ।
आइतबारको भोलुम अघिल्लो दिनको तुलनामा करिब ३% ले घटेको छ । आजको कुल भोलुम१ अर्व १५ करोड बराबरको रहेको छ ।अस्तिको २२ करोड बराबरको नेपाल क्रेडिड कमर्सिल बैंकको प्रमोटर सेयरको खरिद बिक्री घटाउने हो भने आज नेप्से घटेसँगै कारोबार बढेको मान्न सकिन्छ ।कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा शुरुमै तुलनात्मक थोरै कित्ता चलाएर बजार हवात्तै तल झारेको छ । त्यसपछि क्रमिकरुपमा बजार तल झरेको छ । अन्तिम १० मिनेटमा चाहि तुल्नात्मक धेरै भोलुम आएर आजको न्यूनतम विन्दुवाट बजार माथि धकेलिएको छ ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
आइतबार जम्मा २५ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ८० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तल्लो रेखा तल तिर फर्केको छ भने माथिल्लो रेखा माथितिरै फर्केको छ । त्यस्तै मध्ये रेखा स्थीर रहेको छ । आजको उल्लेखनीय पक्ष भनेको नेप्से ब्यान्ड बाहिर रहेको छ । यसले भोलि नेप्से पुन ब्यान्ड भित्र आउने सम्भावना देखाउँछ । अर्थात नेप्से बढ्न सक्ने सम्भावनाको संकेत गर्दछ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से दोस्रो आड (Support, S2) भन्दा मुनि बसेको छ । नेप्से पुन ओरालो लागेमा १८२० को तेस्रो आड (Support, S3) मा टेवा लिने सम्भावना देखाएको छ ।
नेपालको सेयर बजार प्राकृतिक लयमा बग्ने गरेको छैन । सानो समूहमा रहेका ठूला लगानीकर्ता र ब्रोकरले बजारलाई circular trading मार्फत बजार घटाउने खेल खेलेन भन्न सकिने अबस्था छैन । यसो भन्दैमा सर्वसाधारणले भाग्न वा त्याग्न खोजेमा ठूलाको मनोबल झन बढ्ने छ । वारेन बफेटको भनाई मान्ने हो भने बजारले त्रास देखाएको बेला हामी लोभिनु पर्छ अनि बजार मात्तिएको बेला हामी डराउनु पर्छ । आम सर्वसाधारण लगानीकर्ताले यो मन्त्र हेक्का राख्दा राम्रो हुन्छ । बजारले अझ त्रास देखाएमा कुन स्थानमा लोभिएर माछा मार्ने दाउ खोज्नु उपयुक्त हुन सक्छ ।
जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु सर्वोपरी हितकारी हुनेछ ।
तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया