हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ     

हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पुथाउत्तरगंगा गाउँपालिका-१ बस्ने ३३ वर्षीय फल बहादुर  पुन भन्ने  फलराज पुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मनाङको २०७६ बैशाख ११ गतेको फैसलाले हातहतियार खरखजना मुद्दामा ३ वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुकुमकोट  रुकुम (पूर्व)मा पेश गरिएकोमा अदालतको आदेशले कैद जरिवाना भुक्तानका लागि रुकुम पश्चिम कारागार कार्यालय पठाइएको छ ।