श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.४ प्रतिशत नगद गरि कुल ७.६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट विद्यमान चुक्ता पूँजी रु. ९५,८६,७५,०००/- को ७.६०% ले हुने रु.७,२८,५९,३००/- (अक्षरेपी सात करोड अठ्ठाइस लाख उन्साठी हजार तीन सय मात्र) मध्ये २.४०% ले हुने रु.२,३०,०८, २००/- (अक्षरेपी दुई करोड तीस लाख आठ हजार दुई सय मात्र) बोनश शेयर तथा ५.२०% ले हुने रु ४,९८,५१,१००/- (अक्षरेपी चार करोड अन्ठान्नव्वे लाख एकाउन्न हजार एक सय मात्र ) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।