नेप्सेको उकालो यात्रा कठिन बन्दै

सेयर बजारले उकालो ओरालो यात्रा गर्नु स्वभाविक नै हो । तर नेपालको सेयर बजार किन उकालो लाग्छ वा किन ओरालो लाग्छ ? यसलाई राम जाने भन्नु पर्ने अबस्था रहेको छ । किनभने नेपालको सेयर बजार केहि समूहको नियन्त्रणमा छ । नियामक निकायहरु लाचार छन । तरकारी बजारमा माग र आपूर्तिको सिद्दान्तबाट मूल्य निर्धारण होला तर नेपालको सेयर बजारमा यसो हुन नसक्ने देखिन्छ । राम्रो प्रतिफल दिने कम्पनीहरुको सेयर मूल्य घटछ तर प्रतिफलको आशै नभएको कम्पनीहरुको मूल्य बढ्छ ।

नेप्से २००० को यात्राबाट टाढिएसगै १९०० मा टिक्नेमा आजको कारोबारले संसय पैदा गरेको छ । हिजो १९०० को विन्दुमा लटकिएको नेप्से आज १९०० को विन्दुबाट तल खसेको छ । नियमित कारोबारको शुरुवाती आधी घण्टामै ठाडो ओरालो लागेको नेप्से १८८० को तहमा पुगे पश्चात यसैमा रुमलियो । अन्तिममा यहि तहमा नै बजार बन्द भयो । नेप्से आज १८८२।६० को विन्दुमा रहयो । यो हिजोको तुलनामा १४।४८ (०।७६%) अंकले घटेको हो । हिजो अनुमान गरे जस्तै आज पनि बजारलाई १९०० मुनि राख्ने समूह नै सक्रिय देखियो ।

आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब ४६% ले बढेको छ ।आजको कुल भोलुम १ अर्व १९ करोड बराबरको रहेको छ । आज २२ करोड बराबरको नेपाल क्रेडिड कमर्सिल बैंकको प्रमोटर सेयरको खरिद बिक्री भएको छ । यो भोलुम कटाउदा आज पनि कारोबारले १ अर्ब ननाघेको मान्न सक्छौ ।नेप्से घटेसंँगै भोलुम बढेकोछ, जसलाई सकारात्मक संकेत मानिदैन। कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा शुरुको आधी घण्टा पश्चात आएको तुलनात्मकरुपमा धेरै भोलुमले नेप्सेलाई थप ओरालो जानबाट रोकेको छ । यस्तै अन्तिम १० मिनेटको भोलुमले पनि १८८० भन्दा मुनिको तहमा जान रोकेको छ । यसले आगामी हप्ताको पहिलो दिन नेप्से पुन १९०० को तहमा जाने सम्भावना देखाएको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

आज जम्मा २८ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तल्लो रेखा पुन तल तिर फर्केको छ भने बयान्ड फुकेको छ । जसअनुरूप नेप्सेले ओरोलो लागेको तल्लो रेखालाई पछ्याउने सम्भावना देखाएको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज नेप्से पहिलो आड (Support, S1) भन्दा मुनि बसेको छ । नेप्से पुन ओरालो लागेमा १८५० को दोस्रो आड (Support, S2) मा टेवा लिने सम्भावना देखाएको छ ।

 

नेपालको सेयर बजार प्राकृतिक लयमा बग्ने गरेको छैन । यसो भन्दैमा सर्वसाधारणले भाग्न वा त्याग्न खोजेमा ठूलाको मनोबल झन बढने छ । बजार घट्ने र बढेने क्रममा कसरी आफ्नो पुँजीवाट लाभ लिने र पुँजी चलायमान राख्ने हो ? यसबारे ठूलो संख्यामा रहेको सर्वसाधारण लगानीकर्ताहरु स्मार्ट हुने र धेरै लोभ नगर्ने प्रयास गर्नु हितदायी हुन्छ ।

जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु सर्वोपरी हितकारी हुनेछ ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com