नेप्सेलाई १९०० माथि बस्न फलामको च्यूरा
नेप्सेलाई १९०० माथि बस्न फलामको च्यूरा चपाए सरह भईराखेको छ । हिजो १९०० माथि गई सकेको बजार पुन १९०० मुनि आएरै बन्द भयो । यो क्रम आज पनि कायम नै रहयो । १९०० माथि बजारलाई नराख्न अन्तिम आधी घण्टामा आउने भोलुमले भूमिका निर्वाह गर्ने गरेको छ । हिजो जस्तै आज पनि अन्तिम आधी घण्टामा आएको भोलुमले नेप्सेलाई १९०० मुनि नै धकेलेको छ । बजारलाई १९०० मुनि राख्न कहि कतै कुनै समूह नै सक्रिय रहेको संकेत गर्दछ ।
नेपालको सेयर बजारमा भित्री सूचनाको अनियन्त्रिक चलखेल हुने विषय आज नियामक निकाय नेपाल स्टक एक्सेन्ज आफैले जारी गरेको सूचनाबाट पुष्टि गरेको छ । नेपाल स्टक एक्सेन्जले ऐन अनुसार आफूले गर्नु पर्ने कर्तब्य समयमै पुरा नगरेको यसले देखाएको छ । २०६३ मा बनेको ऐनको दफालाई बल्ल कार्यान्वयनमा ल्याएको छ । ऐन अनुरुप “संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले सलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’’ भन्ने व्यवस्था छ। हाल सम्म नेपाल स्टक एक्सेन्जले यो ऐन विपरित भएका काम कार्वाहिलाई अनदेखा गरिरहेको स्पष्ट छ । अहिले बजारमा सिबम सिमेन्टका प्रमुख पदाधिकारीहरुले आफ्नो सेयर बेचर बाहिरि सकेको ब्यापक चर्चा रहेको छ । यसलाई नियामक निकायको लाचारीपन भन्ने वा मतियारीपन ? अबैध कार्य गर्नेलाई कार्वाहि कसले गर्ने ? पुन उल्लेख गर्न चाहान्छौ, सेयर बजारले सुशासनको खिल्ली उडाईरहेको छ ।
हिजोको तुलनामा आज पुन बजार केहि अंकले नकारात्मक रहयो । बजारले आज पनि १९०० को विन्दुलाई आधार मानेर निकै उतारचढाव गर्यो ।
शुरुको केहि मिनेटमा नेप्से ओरालो लागेको थियो । तत् पश्चात करिब दुई बजेसम्म नेप्से १९०० को विन्दुमा सामान्य तल माथि गर्दै रहयो । यसपछि आजको उच्चतम विन्दु १९०६।४ मा नेप्से पुगे पश्चात ठाडो ओरालो लाग्यो । अन्तिम केहि मिनेट बाँकी रहँदा आजको न्यूनतम विन्दु १८९३।०१ मा नेप्से पुगे पश्चात केहि माथि १८९७।०८ विन्दुमा उकलेर आजको बजार बन्द भयो ।
आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब ६% ले घटेको छ ।आजको कुल भोलुम ७२ करोड बराबरको रहेको छ ।नेप्से घटेसँगै भोलुम घटेकोछ। कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा अन्तिम १० मिनेटमा आएको भोलुमले नेप्सेलाई १९०० मा पुर्याउने प्रयास गरेको छ । जुन सफल भएन । अन्तिम ३० मिनेट भन्दा अगाडिका मिनेटहरुमा आएको भोलुमले नेप्सेलाई माथि थाम्नेप्रयास गरेको थियो ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
आज जम्मा ८२ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तल्लो रेखा माथि फर्किएको छ भने बाँकी दुईवटा रेखाको दिशा स्पष्ट भईसकेको छैन । यसले बजार ओरालो लाग्ने सम्भावानालाईअझ घटाएको छ। विचारणीय पक्ष भनेको नेप्सेआज पनि तल्लो रेखामा आई पुगेन । भोलि ब्यान्डको मध्ये रेखा सम्म नेप्से पुगेमा अर्को हप्ता बजार बढनेमा आशावादी हुन सक्छौ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आजपनि नेप्सेपहिलो आड (Support, S1) माथि नै बसेको छ । उल्लेखनीय पक्ष भनेको करिब पहिलो आड (Support, S1) मा टेवा लिएर नेप्से पुन माथि गएको छ । यसले नेप्से पहिलो आड (Support, S1) भन्दा तल जाने सम्भावनालाई घटाएको छ । भोलि उकालो लागेमा पिभोट तह करिब १९३५ विन्दु अबरोधक हुन सक्दछ ।
बजार २००० माथी जाने सम्भावनाका दिनहरु अझै टाढिदै गएको छ । बजार घटने र बढेने क्रममा कसरी आफ्नो पुँजीवाट लाभ लिने र पुँजी चलायमान राख्ने हो ? यसबारे ठूलो संख्यामा रहेको सर्वसाधारण लगानीकर्ताहरु स्मार्ट हुने र धेरै लोभ नगर्ने प्रयास गर्नु हितदाकारी हुन्छ ।
जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु सर्वोपरी हितकारी हुनेछ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया