नेप्सेले देखायाे सुधारकाे आशा

चारदिन लगातार घटेको बजार आज बढेको छ । हिजो जसरी चर्कोसित तल ओर्लेको थियो त्यसरी नै उत्साहित तरिकाले उकालो नलागे पनि ओरालो थामिनुलाई सन्तोष मान्नु पर्ने अबस्था रहेको छ । आज चढ्ने र झर्ने रस्सा कस्सी सहित अन्तिममा नेप्से उकालो लागेर बजार बन्द भएको हो ।

प्राविधिकरुपमा हिजो बोलिन्जर ब्यान्डले आशा देखाएको थियो । जसमा नेप्सेले ब्यान्डको तल्लो रेखालाई टेवालिएर माथि गएको हो कि भन्ने संकेत गरेको थियो । जुन आज valid भएको छ । अर्को कारण भनेको पुष देखि ब्याजदर घटने समाचारहरु बिहानदेखि विभिन्न मिडिया छाईरहेको थियो । साथै नेपाल राष्ट्र बैंकले तरलता सहज हुँदै जाने संकेत पनि गरेको थियो ।

नेपालको सेयर बजार यी तार्किक कारणले मात्र बढ्ने र घटने होईन भन्ने अघिल्ला लेखहरुमा उल्लेख गरेका नै छौ । जुन अझै पनि सान्दर्भिक छ । नेप्से बढ्न तरलता सहज हुनै पर्ने कारण के हो ? यसमा सर्वसाधारण लगानीकर्ताले बुझ्नु आवश्यक छ । ठूला लगानीकर्ताले सर्वसाधारणले जसरी आफ्नो बचत वा सापटबाट सेयर बजारमा लगानी गर्दैनन् । उनीहरुले तपाई हाम्रो सार्वजनिक पैसा  बैंकको पैसा वा अन्य कुनै संस्थाको पैसा सेयर बजारमा ल्याउने हो । त्यस पैसा मार्फत pump  गर्दै बजार माथि लाने अनि dump गर्दै पैसा एकीकृत गर्ने गर्छन ।

pump and dump को खेलाबाट सर्वसाधारण लगानीकर्ताहरु बच्ने बिषय चुनौतीपूर्ण रहेको छ । किनभने सेयर बजारलाई लोभ र डर को खेल मैदान पनि भनिन्छ । बजार बढदै जादां सर्बसाधारणहरु लोभिन्छन । रेल छुटने डर झैं हारालुछ गर्न थाल्छन भने घटदै जाँदा अब बर्बाद हुने भयो भन्दै सस्तोमा सयेर बेच्दै कान समाएर निसक्नछन । यो डर र लोभको मनोविज्यानमा सम्हालिनु सर्वसाधारण लगानीकर्ताहरुको लागी आवश्यक रहेको छ ।

बजार धेरै घटेमा सर्वसाधारणलाई लाखको घाटा हुन सक्छ तर ठूला लगानीकर्तालाई करोडौको घाटा हुनसक्छ । त्यसरी नै बढेमा लाखको र करोडौको फाईदा हुन्छ । तर सर्वसाधारणमा लाखको फाईदा हुने वित्तिकै करोडको लोभ पैदा हुन्छ । यहि लोभको फाईदा लिदै ठूला लगानीकर्ताले ठूलो संख्यामा रहेका सर्वसाधारणलाई सेयर भिडाउदै बाहिर निसक्नछन । अब बजार घटनु ठूला लगानीकर्ताको लागी पुन फाईदाजनक हुन्छ । उ झन झन बजार तल झार्न तल्लिन हुन्छ भने सर्वसाधारण चाहि डराउदै सस्तोमा पुन सेयर मिल्काउदै जान्छन । महंगोमा बेचेको सेयर सस्तोमा ठूला लगानीकर्ताको पुन हात पार्छन । यो चक्र बर्षौ देखि चलिरहेको छ । फरक यति हो कि ठूला लगानीकर्ताहरु सर्वसाधारणको सार्वजनिक पैसा चलाउछन र कमाउछन । सर्बसाधारणहरु खल्तीको पैसा चलाउछन र शुतुर्मुगा बन्दा गुमाउछन ।

लगातार चौथो दिनको घटाई पछि आज नेप्से बढनु अस्वभाविक चाहि होईन । नियमित कारोबारको पहिलो आधी घण्टामा उचालिएको नेप्से तत् पश्चात चाहि ओरालो लाग्यो । करिब १-३० सम्म ओरालो यात्रा कायम रहयो र नेप्से आजको न्यूनतम विन्दु १८६८।६५ सम्म पुगे पछि उकालो यात्रा तय गर्यो । अन्तिम १५ मिनेटमा ठाडो उकालो लागेर आजको उच्चतम विन्दु १९०२ मा नेप्से रहन सफल भई बजार बन्द भयो । १९०० को रेखा कटनु बजारले दिएको आजको सन्तोषजनक संकेत हो । अघिल्लो कारोबार दिनको तुलनामा १६।९६ अंक (०।९०%) ले बढेको हो ।

आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब १९% ले बढेको छ ।आजको कुल भोलुम१ अर्ब ३६ करोड बराबरको रहेको छ । नेप्से बढेसँगै भोलुम बढेको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा अन्तिम १० मिनेटमा आएको भोलुमले नेप्सेलाई आजको उचाईमा पुर्याएको छ । यसले आज बढेको बजारको स्थायित्वलाई साथै स्वाभाविकतालाई प्रश्न गरेको छ । यस भन्दा अगाडिका मिनेटहरुमा आएको भोलुमले नेप्सेलाई तल माथीि झार्ने र तान्ने काम गरेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

आज जम्मा १ सय ५८वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तीनवटै रेखाहरु तल फर्किनबाट रोकिएको छ र तीनवटै समानान्तर रेखामा परिवर्तन भएको छ । यसले बजार ओरालो लाग्ने सम्भावानालाई घटाएको छ। आजको विचारणीय पक्ष भनेको नेप्सेले तल्लो रेखामा टेवा लिएर माथि गएको छ । भोलि ब्यान्डको मध्ये रेखा छिचोलेर माथि बसेमा बजारको उकालो यात्रालाई बल मिल्ने छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज पहिलो आड (Support, S1)माथी नै बसेको छ । उल्लेखनीय पक्ष भनेको करिब दोस्रो आड (Support, S2) मा टेवा लिएर नेप्से माथि गएको छ । भोली उकालो लागेमा पिभोट तह करिब १९३५ विन्दु अबरोधक हुन सक्दछ ।

 

कसैले बजारलाई १८०० र २००० को बिचमा खेलाई राख्ने हो कि भन्ने आशंकालाई थप बल दिएको छ । बजार बढेने क्रममा कसरी आफ्नो पुँजीवाट लाभ लिने र पूंजी चलायमान राख्ने हो ? यसबारे ठूलो संख्यामा रहेको सर्वसाधारण लगानीकर्ताहरु स्मार्ट हुने र धेरै लोभ नगर्ने प्रयास गर्नु हितकर हुन्छ । बजारलाई ठूला कारोबारीले गर्न सक्ने बुल ट्रयापबाट जोगिन सचेत हुनु राम्रो हुन्छ ।

प्राविधिक औजारहरुले बजारलाई सकारात्मक संकेत दिएर आशा देखाएको छ । तर नेपालको सेयर बजारको चरित्रलाई पनि ख्याल गर्दा अन्तिम १० मिनेटमा बढेको बजारले भोलि बढ्न सक्ने शंका चाहिँ उब्जाएको छ । जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा सक्रिय सहभागी हुनु आजको आवश्यकता हो ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com