यी हुन विश्व इतिहासमा आज भएका घटनाक्रम

आज १२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

इटालीको बैंकमा शक्तिशाली विस्फोट
सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम विस्फोट भएको थियो । विस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए ।

बेलायतबाट केन्या स्वतन्त्र
सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको थियो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो ।

चेक सरकार र सोभियत संघबीच हस्ताक्षर
सन् १९४३– चेक सरकारले सोभियत संघसँग युद्धपछिको सहयोगको लागि एक सन्धिमा हस्ताक्षर गरेको थियो ।

अमेरिकामा समलिंगी मेयर
सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी निर्वाचित भएका थिए । एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको समलिंगी बनेका थिए ।