सुशासनलाई गिज्याउँदै सेयर बजार

भित्रि सूचनाको निर्वाध प्रयोगको पुष्टि आजको सेयर बजारमा पुन झल्किएको छ । १६ र १७ नोभेम्बरमा एक्कासी रिडी पावर कम्पनीको सेयर मूल्य बढयो । अनि २२ नोभेम्बरमा (१७ र २२को बिचमा बजार बन्द थियो ) कोरोबार समयमा ४०% बोनस घोषणा भयो र भोलिपल्ट देखिनै नेप्सेले कारोबार रोक्का राख्यो । हिजो कारोबार फुकुवा भएपछि आजबाट कारोबार शुरु भयो । कार्वाहि एउटा नाटक मात्र हो केहि दिन पछि कारोबार खोलिने प्रक्षेपण हामीले पहिले नै गरेका थियौ । आज छ लाख कित्ता बराबरको कारोबार भएको छ । यो बराबरको कारोबार गत ६ अगस्टमा मात्र भएको थियो । यस पश्चात औषत १ लाख कित्ता बराबरको मात्र कारोबार हुने गर्दथ्यो ।

स्मरणीय विषय भनेको१६ र १७ नोभेम्बरमा ८% को हाराहारीमा मूल्य बृद्धि हुने कम्पनी भनेको रिडी मात्र थियो । आज कारोबार खुल्ला भएको दिन उच्च भोलुम सहित रिडीको मूल्य घटनुको साथै आज सबभन्दा बढी कारोबार कित्ता र रकम हुने कम्पनी भएको छ । तर्कगतरुपमा धेरै प्रतिफल दिने कम्पनीको मूल्य बढनु पर्ने हो तर घटयो उच्च कारोबारका साथ । यसमा circular trading अनुमान गर्न सकिन्छ । circular trading गैरकानूनी हो । यसमा ठूला कारोबारीहरु समूह मिली आफ्नो अनुकूलको मूल्यमा सेयरलाई मिलमतोमा एक आपसमा उसले उसलाई,उसले उसलाई सेयर घमाउदै पास गर्छन ।

अन्तिममा आफ्नो सांव आफैमा राेक्छन । उच्च प्रतिफल दिने कम्पनीको मूल्य स्वभाविकरुपमा बढनु पर्ने हो ।तर यहाँ सूचना सार्वजनिक हुनु भन्दा अगाडि मूल्यमा चलखेल गरेको छ भने प्रतिफलको कारण मूल्य आकाशिने डरले मूल्यलाई थिचारिएको पनि छ । सर्वसाधारणलाई किनु कि बेचौँ बनाएको छ । बजारमा यी र यस्ता नाटक हुँदा पनि सरकारी नियामक निकाय कुशासनको साक्षी भएर बसेको छ ।

नेप्से आज नियमित कारोबारको शुरुवाटमै ओरालो लाग्न शुरु गरेकोमा थप ओरालै ओरालो लागेर बजार बन्द भयो । आज नेप्सेको अन्तिम विन्दु १ हजार ९ सय ३८।७६ रहेको छ । यो हिजोको तुलनामा २४।४६ (१।२५ %) ले घटेको हो ।

 

 

आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब ७% ले बढेको छ ।आजको कुल भोलुम १ अर्ब ६७ करोड बराबरको रहेको छ । घटदो बजारमा भोलुम बढनु सकारात्मक संकेत होईन । ४ वटा घण्टाको कारोबार हेर्दा अन्तिम एक घण्टामा अन्य घण्टाको तुलनामा उच्च कारोबार भएको छ ।

Figure 1 प्रत्येक ४ वटाघण्टाकोकारोबार भोलुम

आज जम्मा १४ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) फुक्ने संकेतलाई निस्तेज पारेको छ । तर आशा नेप्से मध्य रेखालाई छोएर केहि माथी आएकोले झिनो आशा चाहिँ दिएको छ । यसले नेप्सेले मध्ये रेखामा टेवा लिएको हो कि भन्ने संकेत गर्दछ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुपपनि आज पिभोट तहमा नेप्सेले टेवा लिएको संकेत गरेको छ । भोलि नेप्से पिभोट तह मुनि नजानु बजाको लागी हिटकर रहेको छ ।

करिब तीन महिना अगाडि दुई हजारको तहबाट घटेको बजार पुन दुई हजार माथि उक्लने समय पुन लम्बिएको छ । आज २००० पुग्ने लक्ष्य नलिई बजार ओरलेको छ । नेप्सेलाई थप उचाई तय गर्न अहिले बजारलाई  दुई हजारको तह पार गर्नु पर्ने अनिवार्यतामा कालो घेरे देखिएता पनि पुन अर्को प्रयास नहोला भन्न सकिदैन । मूलत सर्वसाधारण लगानीकर्ताको परिक्षण भईराखेको छ । सर्वसाधारण लगानीकर्ताहरुले जोखिमको हेक्का राख्दै सामर्ट लगानी तथा कारोबार गर्दै जाँदा उपयुक्त हुन सक्छ ।

वारेन बफेटको भनाई अनुसार “बजार जति उत्साहित हुन्छ हामी त्यति नै डराउनु पर्दछ । बजारले जब डर देखाउँछ हामी त्यति नै लोभिनुपर्छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com