चमत्कारकाे पर्खाइमा सेयर बजार
नेपालको सेयर बजारमा केही मुठ्ठीभर ठूला व्यापारीकाे हालीमूहाली रहेको विषय नौलो रहेन । सर्वसाधारण लगानीकर्ताहरु मजबूरीका नाम महात्मा गान्धीको अबस्थामा रहेको छ । तर यो भन्दैमा चुप लाग्नु भन्दा आवाज फैलाउदै लानु आवश्यक छ । देशबाट राजा त हटयो भने यी हालीमूहाली ठालू लगानीकर्ताहरु र यिनका मतियारहरुबाट एक दिन सेयर बजारले कसो मुक्त नपाउला ? सर्वसाधारण लगानीकर्ताहरुले संघर्ष गरिराख्नु पर्ने आवश्यकता रहेको छ ।
दुई दिन देखि केही ठुला लगानीकर्ताले अब बजार बढछ, अब बजार बढछ भन्दै मिडियाबाजी गरेता पनि आज आशातीत बजार बढेन । शायद यिनीहरुको लाज जोगाउन झिनो अंकले मात्र आज नेप्से बढेको छ । आज करिब करिब बजार नकारात्मक दिशातर्फ गई सकेको थियो । अन्तिम आधी घण्टाको कारोबारले नेप्सेलाई माथीिधकेलेको थियो ।
नियमित कारोवारको समयको पहिलो केहि मिनेटमा माथि उक्लिन खोजेको नेप्से ओरालो लागेर केही अंक नकारात्मक विन्दुमा गएता पनि आधी घण्टा भित्रै पुन उकालो लाग्यो । आजको उच्चतम विन्दु १ हजार ९ सय ७३।५५ सम्म उकालो लागे पछि पुन ओरालो लाग्यो । कोरोबारको अन्तिम आधी घण्टा बाँकी रहँदा नेप्से आजको न्यूनतम विन्दु १ हजार ९ सय ५७।१८ सम्म पुगे पश्चात केहि उकालो लागेर १ हजार ९ सय ६३।३३ विन्दुमा आजको बजार बन्द भयो । यो अघिल्लो दिनको तुलनामा २।१६ अंकले बढेको हो ।
आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब १८ प्रतिशतले बढेको छ । आजको कुल भोलुम १ अर्ब ५६ करोड बराबरको रहेको छ ।आजको भोलुम र नेप्सेले बनाएको क्यान्डलको संकेतलाई १० मिनेटको अन्तरमा हेर्दा जति बढयो त्यति नै घटेको छ । साथै घटाउने भोलुम र बढाउने भोलुम बराबर रहेको छ । बजार बढ्न खोज्दा कतैबाट वा प्राकृतिक तवरले घटाउने तत्व कहि न कहि बाट सक्रिय रहेको संकेत गर्दछ । अन्तिम १० मिनेटमा आएको भोलुमले बजारलाई माथि लगेर छोडेको छ । यसले बजार घटेको छैन भन्ने मनो विज्ञानले आम सर्वसाधरणमा पार्न खोजेको देखिन्छ । साथै यो स्मार्ट मनीले बजारलाई ओरोलो जान नदिएको संकेत हो । तर सर्वसाधरणलाई लोभ्यार सेयर भिडाउन खोजेको संकेत पनि हो ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
आज जम्मा ९७ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन । मूल्य घटने र बढने कम्पनी करीब बराबरीको हाराहारीमा रहेको छ ।
आज सेयर बजारलाई प्राबिधिक सूचकहरूबाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) फुक्ने संकेतलाई निरन्तरता दिएको छ । साथै नेप्से, ब्यान्डको मध्ये रेखा भन्दा माथि नै रहेको छ । नेप्से उकालो लागेमा ब्यान्डको माथिल्लो रेखालाई पछ्याउदै माथि जाने सम्भावना देखाएको छ । ओरालो लागेमा मध्ये रेखामा पुन टेवा लिन सक्नेछ । तर आजको नेप्से विन्दु माथिल्लो रेखाको नजिक भएको हुँदा माथिल्लो रेखाको अबरोधकलाई भोलि परीक्षण गर्ने सम्भावना धेरै रहेको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुपआज पहिलो अबरोधक (resistance, R1) २ हजारको तहसम्म नेप्से जान सकेन । भोलि पहिलो अबरोधक (resistance, R1) पार गर्न सकेमा माथिल्लो यात्राको सम्भावना प्रबल हुन्छ ।
मनी फ्लो ईन्डेक्स (MFI) अनुरुप ८० को रेखा पार गरेर MFI ८३।७५ विन्दुमा पुगेको छ । यसले नेप्से केही बढेर घट्ने सम्भावानाको संकेत गर्दछ । भोलि वा एक दुई दिन नेप्से बढेर पुन घटने सम्भावना रहेको छ ।
करिब तीन महिना अगाडि २ हजारको तहबाट घटेको बजार पुन २ हजार माथि उक्लन सकस भईराखेको छ । आज पनि यो प्रयास असफल नै रहयो । नेप्सेलाई थप उचाई तय गर्न अहिले बजारलाई २ हजारको तह पार गर्न जरुरी रहेको छ ।
मिडियामा जब जब ठुला लगानीकर्ताहरुले बजार बढ्छ भनेर झ्याली पिटछन्, तब बजार बढ्ने गरेको छैन । यो उहाँहरुको लोभ्याउने रणनीति पनि हुनसक्छ । बजार साईडवोज जाँदा ठुला कारोबारी तथा लगानीकर्ताले सेयर कित्ता जम्मा गर्दैछ कि भिडाउदै छ भन्ने जान्न गार्हो छ । मान्यता अनुरुप साईडवोज बजारमा सर्वसाधारण लगानीकर्ताहरुले चनाखो बसी ठूलो कारोबार नगर्नु सही मानिन्छ ।
वारेन बफेटको भनाई अनुसार “बजार जति उत्साहित हुन्छ हामी त्यति नै डराउनु पर्दछ । बजारले जब डर देखाउँछ हामी त्यति नै लोभिनुपर्छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया