याे हप्ता नेप्सेलाई दुई हजार विन्दुमाथि बस्न चुनौती  

चुनावपछि देशको राजनैतिक परिदृश्य स्पष्ट भईसकेको छ । यो परिदृश्यले देशमा राजनैतिक स्थिरता दिन्छ कि दिदैँन अझै केही भन्न सक्ने अवस्था छैन । आर्थिक परिदृश्यको सम्बन्धमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्री सकारात्मक रहेता पनि उधोगी र ब्यापारीहरुको भनाई फरक रहेको छ । यस्तो माहाेलमा अबको हप्ता सेयर बजार कस्तो होला ? यसै भन्न सकिने अबस्था छैन ।

यस हप्ता सेयर बजारको पुरै पाँच दिन कारोवार भयो । साताको पहिलो दिन आकर्षक ढंगले बजार बढेको थियो । तर भोलिपल्ट नै पुन घट्न पुग्यो । अन्तिम दिन उकालो लागेता पनि नेप्सेले पहिलो दिनको अन्तिम विन्दु भन्दा माथि नेप्से बस्न सकेन । भोलुम पनि पहिलो दिनको तुलननामा बाँकी दिनहरुमा निकै नै कम रहयो । यस अर्थमा पहिलो दिन Pump भएको बजार बाँकी दिनमा dump भएन भन्न सकिने अबस्था रहेन ।


कुल कारोबार रकम भोलुम (Volume) लाई हेर्ने हो भने पछिल्लो २१ हप्ताको औषत कारोबार रकम भन्दा तल नै याे हप्ताको कुल कारोबार रकम रहेको छ । २१ हप्ताको औषत कारोबार रकम अर्ब बराबरको रहेको छ भने यस हप्ता ६ अर्ब ६४ करोड बराबरको कारोबार भएको छ । यो अघिल्लो सातासँग तुलना गर्न चाहिँ मिलेन । किनभने अघिल्लो साता जम्मा तीन दिन कारोबार भएको थियो ।

 

यो हप्ता १०% भन्दा धेरै मूल्य बृद्दि भएका ४ वटा कम्पनीहरु रहेका छन । जुन निम्न चित्रमा प्रस्तुत गरिएको छ ।

यस्तै १०% भन्दा धेरैले मूल्य घटेको १ वटा कम्पनी रहेको छ । जुन एभरेष्ट बैंक रहेको छ ।

साप्ताहिकरुपमा सेयर बजारलाई प्राबिधिक सूचकहरू वाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्ने र खुम्चने दुबै छाटकाँट देखाएको छैन । यो हप्ता नेप्सेले बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखालाई तोडे पनि यस माथि बस्न सकेन । मेध्ये रेखामा टेवा लिएको छ ।अर्को हप्ता पुन तोड्न सफल भई माथि नै बसेमा नेप्सेको उकालो यात्रा मजबुत हुने देखिन्छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले ११ हप्ता देखि दोस्रोआड (Support, S2) मा टेवा लिएर बसेको छ । गत जुन २०२२ मा यसै दोस्रो टेवा (Support, S2) सम्मनेप्से आएर पहिलो टेवा (Support, S1) मा ठोकिएरपुन नेप्से तल ओर्लेको थियो । नेप्सेको उकालो यात्राको लागी आगामी साता नेप्सेले दोस्रोटेवा (Support, S2) मा आड लिएर माथि जानु जरुरी हुन्छ ।

मनी फ्लो सूचक (MFI) अनुरुप MFI  रेखा बिक्री चापको न्यून विन्दुबाट माथि उक्लेको छ । यस सूचकले बजार मूल्य तथा भोलुम दुबैलाई लिएर हिसाब निकाल्ने गर्छ । घटदो MFI ले बजारमा बिक्रीकर्ताको हावी घट्दै गएको संकेत गर्दछ । MFI २० भन्दा मुनि गएको कारण अब बजार धेरै तल जादैन भन्ने संकेत हो ।

राजनैतिक तथा आर्थिक माहौल जे भए पनि सेयर बजार बन्द हुँदैन । घटेर शून्यमा आउने पनि होईन । मुख्य कुरा सर्वसाधारण लगानीकर्ताहरु कसरी ठूला कारोबारी तथा लगानीकर्ताको मुर्गा बन्नबाट जोगिने भन्ने हो । सर्वसाधारण लगानीकर्ताहरु बजार घट्यो भन्दैमा शुतुर्मुगा हुने र बढ्ने वित्तिकै भ्यागुतो उफ्राईको मनस्थितिलाई परिवर्तन गर्नु जरूरी छ । स्मार्ट तथा सक्रिय लगानी गरी ठूला कारोबारी तथा लगानीकर्ताको मनपरि रोक्नु जरुरी छ ।

नेप्सेले दुई हजारकाे विन्दुमा स्थायित्व लिएमा नेप्सेको बुल यात्राको लागी यो तह गतिलो जग हुन सक्छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.np